राजविराज । नेकपा एमाले सप्तरीको १० औ अधिवेशन शनिबारदेखि शुरू हुने भएको छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको सप्तरी एमालेले जनाएको छ ।
आज राजविराजस्थित आफ्नै पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमाले पदाधिकारीले अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएका छन् ।
एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरीले अधिवेशनको उद्घाटन गर्नका लागि पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ आउने जानकारी दिए ।
जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम पार्टी कार्यालय प्राङ्गणमा हुनेछ । अधिवेशनको बन्द सत्र चैत्र ३१ गते हुनेछ ।
सो अधिवेशनमा ३ सय ५२ प्रतिनिधि र १ सय स्वयंसेवकको सहभागी हुने एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरीले बताए ।
पत्रकार सम्मेलनमा पार्टीका जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल, क्षेत्रीय इन्चार्जहरु राजकुमार लेखी, जितेन्द्र नारायण देव, जिल्ला सचिव देवनाथ यादवसहितको सहभागिता थियो ।
प्रतिक्रिया