अस्तित्वको असल अनुबन्ध
तोमनाथ उप्रेती
पानी हुँदा छाता ओढिन्छ,
तर घाम लाग्दा त्यो छाता पनि एक्लिएको आकाशजस्तो अनावश्यक हुन्छ।
मसी सुक्दा कलमको स्वाभिमान झर्छ,
त्यो पनि कागजका सपनाहरू सँगै फोहोरमा बिलाउँछ।
आफन्तले चढाएका फुलमाला,
मोहक मुस्कानका सम्झनासँगै बासी भएर डस्टबिनमा बस्छ।
यस संसारको क्रूरतम क्रान्ति के हो भने,
स्वार्थको सिँढी नभएसम्म सम्बन्धको सन्देश पठाइन्न।
स्नेहका शब्दहरू पनि तपाईंको सेवा सकिएपछि मौनताको मुलुक जान्छन्।
तपाईंले दिएको समय सकिएपछि, तपाईंको सम्मान पनि सुक्छ।
पत्रिकाको पानामा छापिएका खबरहरू,
साँझ पर्दासम्म किलोको खैरो सपना बन्छ।
शैक्षिक वर्षमा झैझगडा गर्दै किनिएका किताबहरू,
पाठ्यक्रम सकिँदा सस्तो सम्झनाजस्तै बजारमा बिक्छन्।
हामी स्वार्थका सन्तान हौं,
माग्ने हातलाई दुई रुपैयाँ दिँदा पनि पुण्यको परिक्रमा गन्ने।
हामी बिना स्वार्थ केही गर्दैनौं,
दुःखको दान पनि स्वर्गको स्वार्थमा मात्र बगाउँछौं।
बाँचुन्जेल हाँसोको हरियाली सँगै हिँड्नुहोस्,
ईर्ष्याको ईँटा उखेल्दै, रीसको रङ धोइदिनुहोस्।
आफ्नो घमण्डलाई गहिरो गह्वरमा गाड्नुहोस्,
आशाको आँगन उज्यालो बनाउन।
खुशी चाहनुहुन्छ भने,
अपेक्षाका आलिसान महल भत्काउनुहोस्।
तपाईंले दिएको दानको दस्तावेज जलाउनुहोस्,
किनकि सम्झनु भयो भने घमण्डको गन्ध आउँछ।
तर, जसले तपाईंको हृदय चिर्दै
आफ्नो स्वार्थका शूल रोपेका थिए,
उनीहरूको नाम सधैं सम्झनुहोस्।
किनकि उनीहरूले तपाईंलाई असलको अलंकार लगाइदिएका छन्।
उनीहरूका लागि विनम्र हुनुहोस्,
कृतज्ञताको काव्य लेख्नुहोस्,
र सम्झनुहोस्–
जसरी हरियो पात पतझडमा पतन हुन्छ,
त्यसरी नै सबै महत्त्व समयसँगै मर्छ,
तर आत्माको उज्यालो सत्यमा मात्र बाँचिरहन्छ।

प्रतिक्रिया