logo
  • २०८२ फाल्गुन २७ | Wed, 11 Mar 2026
  • बैंकको रु नौ लाख लुटेर तीन वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ

    बैंकको रु नौ लाख लुटेर तीन वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ

    सिरहा: सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंकको रु नौ लाख लुटिएको घटनामा संलग्न एक अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ परेका व्यक्ति उदयपुरको त्रियुगा नगरपालिका–१२ का ३० वर्षीय सुजेन्द्र लोहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । उनलाई सिरहा नगरपालिका–१७, खैरटोकाबाट पक्राउ गरिएको हो ।

    लोहनी २०७९ फागुन १० गते मिर्चैया नगरपालिका–३ बतहा पुल नजिकै भएको लुटपाट घटनामा संलग्न थिए । सो दिन ग्लोबल आइएमई बैंक मिर्चैया शाखाबाट रकम लिएर आउँदै गरेका बैंकका कर्मचारी र सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी लोहनीसहित चार जनाको समूहले पिस्तोल देखाएर लुटपाट गरेका थिए । उनीहरू नम्बर नखुलेका मोटरसाइकलमा आएका थिए ।

    इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी जवान निकेश खवासलाई हतियार देखाई कुटपिट गर्दै बैंक कर्मचारीसँग रु नौ लाख लुटेर उनीहरू फरार भएका थिए । घटनापछि भारतमा लुकेर बस्दै आएका लोहनीलाई सिरहाको सीमावर्ती क्षेत्र खैरटोका बजारबाट पक्राउ गरिएको हो।

    जिल्ला अदालत सिरहामा पेस गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार १२, बिहीबार २३:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP