बोदेबरसाईन। सप्तरीको राजविराज नगरपालिकामा भ्रष्टाचार भएको भन्दै स्थानीय युवाहरूले आज प्रदर्शन गर्दै पालिका कार्यालयमा तालाबन्दी गरेका छन ।
आर्थिक वर्षको अन्त्यमा काबा नगर प्रमुख इसरत परविनले उपसचिव स्तरका प्रमुख प्रशासकीय अधिकृतको सरूवा गराई अधिकृत स्तरका कर्मचारीलाई निमित्तको जिम्मेवारी दिइ थप अनियमितता गर्न खोजेको युवाहरूको आरोप छ ।
सीसीटिभी खरिद, लामखुट्टे विरूद्धको ओषधि खरिदसहितमा नगरपालिकाले अनियमितता गरेको युवाहरूको भनाई छ ।यस्तै नगरपालिका किसानले जग्गाको प्रति कठ्ठा रू.१० तिर्दै आएकोमा एक्कासी राजश्वदर बढाएर रू.२५ पुर्याएकोले सोलाई पहिलाकै रू१० राख्ने पर्ने मांग गरेकाछन्।
नगरपालिकामा संचालित संघीय सरकारको योजनाहरूको काम समयमा सकाउन समन्वयकारी काबा नगरप्रमुखले खेलन नसकेको आरोप आन्दोलनकारीहरूले लगाए छन्।
हाल निलम्बनमा पर्नुभएका राजविराज नगरपालिकाका नगरप्रमुख भिमराज यादवको सहभागिता नगरपालिकामा तालाबन्दी गर्नु अघि युवाहरूले नगर परिक्रमा गर्दै विरोध जुलुस प्रदर्शन गरेका थिए ।
यहीँबीचमा नगरपालिकाकी काबा नगर प्रमुख इसरत प्रविनले शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा पदस्थापना गराउने प्रयासमा हुनुहुन्छ ।
यता आन्दोलनरत युवाहरूले सोही विषयमा सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालय र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको युवा नेता अनिल यादवले जानकारी दिनुभयो।
ज्ञापनपत्र




प्रतिक्रिया