logo
  • २०८२ फाल्गुन २७ | Wed, 11 Mar 2026
  • सप्तकोशी नदीमा सशस्त्र प्रहरीका दु्ई गोताखोर बेपत्ता

    सप्तकोशी नदीमा सशस्त्र प्रहरीका दु्ई गोताखोर बेपत्ता

    लोकेन्द्र प्रसाद यादव
    बोदेबरसाईन। विपद् प्रतिकार कार्यक्रम अन्तर्गत अभ्यासका क्रममा सशस्त्र प्रहरी बलका दुई जना गोताखोर बिहीबार दिउँसो सप्तकोशी नदीमा डुबेर बेपत्ता भएका छन् ।

    अभ्यासमा संलग्न उनीहरू दिउँसो करिब ३ बजे सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ अन्तर्गत कोशी ब्यारेजको ढोका नम्बर ५५/५६ आसपासको क्षेत्रमा तालिमका लागि नदीमा पसेका थिए ।

    अभ्यासकै क्रममा अचानक काेशीको भुमरीमा परी उनीहरू बेपत्ता भएका थिए । पछिल्लो दुई घण्टादेखि उनीहरूको खोजी कार्य भइरहेकाे छ ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार उनीहरूलाई खोज्न थप दुई जना गोताखोरसहित सुरक्षाकर्मीहरूको टोली परिचालित गरिएको छ । “हालसम्म उनीहरू फेला परेका छैनन्,” एसपी खतिवडाले भन्नुभयो, “शनिबारको लागि तय विपद् प्रतिकार कार्यक्रमका तयारीस्वरूप अभ्यास भइरहेको थियो ।”

    स्थानीय प्रत्यक्षदर्शी शंकरकुमार खड्गाका अनुसार सशस्त्र प्रहरी अभ्यास गरिरहेका बेला भुमरीमा परेर गोताखोरहरू बेपत्ता भएका थिए । उहाँका अनुसार कोशी ब्यारेजको ढोका नम्बर १/२ र ५५/५६ बन्द गरिए पनि भित्री सतहबाट पानी प्रवाहका लागि जडान गरिएका ठूला ह्युम पाइपबाट पानी बगिरहन्छ । उहाँले बेपत्ता गोताखोरहरू सोही ह्युम पाइपमा फसेका हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ जेष्ठ २२, बिहीबार १८:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP