हाइकुहरू
तोमनाथ उप्रेती
१.
मेसिनसँगै
हिँड्छ मानव विवेक
दीप बनेर।
२.
डिजिटल रात
मानवता झिलिमिली
मनको उज्यालो।
३.
एल्गोरिदम
भित्र खोज्छ करुणा
मानव मुटु।
४.
स्क्रिनको उज्यालो
आँखाभित्र मूल्यको
शान्त प्रतिविम्ब।
५.
रोबोटसँगै
बाँच्दछ मानवीयता
सास बनेर।
६.
डाटाको भीड
हराउँदैन विवेक
सत्यको बाटो।
७.
डिजिटल पथ
करुणाको छायाँ
साथसाथै।
८.
मेसिन मौन छ
मानव मन बोलिरहे
न्याय र माया।
९.
कोडको संसार
बग्छ मानव भावना
नदीजस्तै।
१०.
भविष्यको बाटो
प्रविधि र मानवता
एकै कदम।
प्रतिक्रिया