logo
  • २०८२ फाल्गुन २७ | Wed, 11 Mar 2026
  • हाइकुहरू  

    हाइकुहरू   

    हाइकुहरू

     

    तोमनाथ उप्रेती

    .
    अहंकार उठ्यो
    नैतिकताको मुखौटा
    सबैको छाप लाग्यो।

    .
    लोभ र ईर्ष्याले
    समाजको विकास रोक्यो
    हास्यको बादल।

    .
    कार्यालयमा
    विवेकको छाया हरायो
    खर्च मात्रै छ।

    .
    सोसल मिडियामा
    मनको दोहोरो युद्ध
    शान्ति हरायो।

    .
    भ्रम र भ्रष्टले
    देशका नेताहरू खेले
    लोक सपना भयो।

    .
    चिन्ता र दुखले
    मनको भावनाबन्द
    बोध हरायो।

    .
    महाभारतको
    दुर्योधन र ईर्ष्या
    आजको प्रतिबिम्ब।

    .
    आनन्द र तनावमा
    मान्छे झुल्यो डिजिटल
    समाज हाँसियो।

    .
    अहंकारको दीप
    भित्र धेरै मन छोप्यो
    झल्को धेरै।

    १०.
    विचारको बजार
    हिंसा बिक्यो सजिलै
    छल कपट छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ फाल्गुन २७, बुधबार १०:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP