हाइकुहरू
तोमनाथ उप्रेती
१.
सत्यको प्रकाश
मनको अन्धकार हराउछ
जीवन उज्यालो।
२.
कर्मको बगैंचा
फूल र फलले सुसज्जित
हृदय शान्त हुन्छ।
३.
आत्मबोध गहिरो
लोभ–क्रोध हर्षित हुन्छन्
चेतना मुक्त छ।
४.
नैतिक नेतृत्व
समाजमा विश्वास बसी
राष्ट्र स्थिर हुन्छ।
५.
धर्मको बाटोमा
सद्भाव र करुणा फुल्छन्
मन र शान्ति छ।
६.
सत्य बोल्दा मात्र
विश्वासको पुल बनाउँछ
हृदय जोडिन्छ।
७.
स्वार्थ बन्धन टुटे
सेवा र दायित्व अघि
जीवन सरल हुन्छ।
८.
सहिष्णुता दीप
भ्रष्टाचारको अन्धकार
विनाशको मार।
९.
प्रकृति र मानव
सम्मान र मेलमिलापमा
शान्ति स्थापना।
१०.
आत्मज्ञानको ज्योति
अहंकार हराउँछ, लोभ
मनको मुक्त यात्रा।
प्रतिक्रिया