हाइकुहरू
तोमनाथ उप्रेती
१.
झण्डा, ब्यानर उड्यो
मतदाता तिर हिँड्छन
धुलो मात्रै छ।
२.
भोट माग्ने नेता
हातमा बाजा र टोपी
सत्य कहाँ हरायो?
३.
र्याली मोटरसाइकल
शब्द खोयो, आवाज बन्द
लोकतन्त्र सुत्छ।
४.
साइकल चढ्दै नेता
फेसबुकमा फोटो छायो
जनताको पेट खाली।
५.
धन, शक्ति, प्रभाव
बिक्रीमा परेको देश
मतपत्र मात्र।
६.
झुटो समाचार फैल्यो
सत्य डुब्यो इन्टरनेटमा
मतदाता हाँस्छ।
७.
सडक भरियो जुलुसले
सञ्चार माध्यम पक्षपात
शान्ति कुर्दै छ।
८.
प्रतिनिधि उभिए
टोपी र झण्डासँगै हाँसे
जनताले रोयो।
९.
निर्वाचनको गीत
बाजागाजा मात्र बज्यो
समानता हरायो।
प्रतिक्रिया