हाइकुहरू
तोमनाथ उप्रेती
१.
बेइजिङ साँझ
एयर फोर्स वान झर्यो
विश्व रोकियो।
२.
सी र ट्रम्पबीच
मुस्कानभित्र लुकेको
भूराजनीति।
३.
ड्रागन शहर
वाल स्ट्रिटका छायाँले
रात ततायो।
४.
चिप र व्यापार
तोपभन्दा खतरनाक
डिजिटल युद्ध।
५.
एलनको आँखा
मंगल र बजारबीच
चीन नाप्दैछ।
६.
सीको मौनता
ट्रम्पको गर्जनमाथि
रणनीति हाँस्यो।
७.
विश्व शक्ति दुई
टेबलमाथि राखियो
भविष्य काँप्यो।
८.
इरानको धुवाँ
वार्ताको कपभित्रै
चुपचाप घुम्छ।
९.
ड्रागन र चील
एकै भोजमा बस्दा
संसार हेर्यो।
प्रतिक्रिया