logo
  • २०८३ भाद्र १८ | Thu, 03 Sep 2026
  • हाइकुहरू

    हाइकुहरू

    हाइकुहरू

       

    तोमनाथ उप्रेती

    १.
    चेतना दीप
    अन्तरमन उज्यालो
    सत्यको बाटो।

    २.
    शान्त मनमा
    चेतनाको कमल
    मौन मुस्कान।

    ३.
    अहं गल्यो
    चेतना आकाशमा
    प्रेम उदायो।

    ४.
    ज्ञानको ज्योति
    अज्ञान रात चिर्दै
    बिहानी आयो।

    ५.
    मनको दर्पण
    चेतनाले पखाल्यो
    सत्य देखियो।

    ६.
    सीमा टुट्दा
    चेतनाको क्षितिज
    विश्व अँगालो।

    ७.
    करुणा झर्यो
    चेतनाको वनमा
    जीवन हरियो।

    ८.
    मौन ध्यानमा
    चेतना सागर
    तरंग शान्त।

    ९.
    ‘म’ हरायो
    ‘हामी’ फुल्यो मनमा
    विश्व घर भयो।

    १०.
    चेतना फूल
    सुगन्ध मानवता
    अनन्त यात्रा।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ भाद्र १८, बिहीबार २०:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP