लहान। सिरहाको लहान नगरपालिका–१५ स्थित राजदेवी पञ्चावती मन्दिर परिसरमा आज वैशाखी मेला लागेको छ । मेला भर्न देशका विभिन्न भागका साथै भारतबाट पनि श्रद्धालुहरू आएका छन् । हिजोदेखि नै मेलाभर्नेको चहलपहल बढेको छ ।
लहान बजारबाट १० किलोमिटर उत्तरमा चुरे जङ्गलसँगै जोडिएको करिब तीन बिघा क्षेत्रफलमा फैलिएको राजदेवी मन्दिरमा सन्तान प्राप्ति, रोग निदान र कार्य सफलताको कामना गर्दै भक्तजन आउने गरेका मेला व्यवस्थापन समितिका अध्यक्ष पशुपती चौधरीले बताए ।
मन्दिव्यवस्थित ढङ्गले मेला सञ्चालन गर्न स्थानीय प्रशासनसँग समन्वय गरेर पाँच सय स्वयंसेवक खटाइएको लहान नगरपालिका वडा नम्बर—१५ का वडा अध्यक्ष तेज नारायण चौधरीले जानकारी दिए।
मेलास्थल नजिक राजदेवी ताल, गोसाइँकुण्ड, शिव डाँडा, हात्तीदह सिमसार क्षेत्र, बानो गाउँ आकर्षक रहेकाले त्यहाँको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा स्थानीय अजय चौधरीले जोड दिएका छन् ।
राजदेवी पञ्चावती मन्दिर क्षेत्रमा बैशाख शुक्ल पूर्णिमाका दिन प्रत्येक शाल ठूलो भिडसहित मेला लागेने गरेको छ। मेला भर्न र भाकल पूरा भएपछि मन्दिरमा पशुपक्षी बली चढाउँन सिरहा, सप्तरी, उदयपुर, धनुषा, काठमाण्डौं बिराटनगर लगायत भारतको विभिन्न ठाउँबाट हजारौं भक्तजनहरु आएका छन्।
सन्तान प्राप्ती, रोग नाश, कार्यसफलताका लागि भक्तजनहरुले राजदेवी मन्दिरमा बोका, हांस, परेवा र कुखुरा बलि चढाउने गर्छन् । पुरुषले भाकल गर्दा बोका र महिलाले मन्दिरमा पाठी बली चढाउँने चलन छ ।
आज शान्तिको सन्देश प्रचार गर्दै वुद्धजयन्ती मुलुकभर मनाइरहेको बेला अहिंसाको सन्देश बोकेको पूर्णिमा भएपनि वर्षमा एकदिन मात्र बलि चढाउंने सो मन्दिरमा भाकल पूरा भएपछि भक्तजनहरुले पशु र पंक्षी बली दिने गरेको छ ।
प्रतिक्रिया