राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकाका कर्मचारीमाथि कुटपिट गरिएको छ ।
अग्रिम कमिसन उठाएका फाइलहरु भुक्तानीका लागि चाँडै लेखामा नपठाएको भन्दै पालिकाका प्राविधिक सुनिल कुमार यादव, आइटी इन्जिनियर मो तमन्ना र चालक हरी भगत लाई निलम्बित मेयर जितेन्द्र गुप्ता समूहले बुधबार राति कुटपित गरेकाे कर्मचारीले बताएका छन् ।
निलम्बित मेयर जितेन्द्र प्रसाद गुप्ता र उनले पालिका चलाउन राखेका कार्यवाहाक मेयर अनिता चौधरीका सल्लाकार अनिल भगतको स्वार्थ पुरा नहुदा कर्मचारीहरु लाई कुटपिट गरेको कर्मचारीको भनाई छ । कुटपिट पछि नगरपालिका कर्मचारीहरुले बुधबार रातीनै केही समयकालागी पेन डाउन गरेका थिए ।
कुटपिट सम्बन्धमा आज सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापन पत्र पनि बुझाएको छ। यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत हरि मोहन सुतिहार संग बुझन खोज्दा उनले केहि बताउन चाहेनन । यता कर्मचारीहरुले आज देखी नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प गरेको छ ।
प्रतिक्रिया