तोमनाथ उप्रेती
उपसचिव, नेपाल सरकार
सुरीलो सन्नाटा टुट्दै,
बाँसघारीको छायाँमा बसेका मुसहरहरूको जीवन,
भूखको भारी बोकेर, बाँसका बाडमा बाँधिएको बल सँगै
बगिरहेको छ भरोसाको सिमसिमे नदी जस्तै।
बाँसघारीको बित्तारै,
बल्झिएको पातमा हावा बज्दैछ,
विरखा बुढी आमाले बाँसका पातमा फूँक्दै फुसफुसाउँदै
भूत भगाउने भर गर्नु, उनको दैनिकी बनेको छ।
फुलमतीको फाटेको फीतामा
फागुनको फिक्का फूलजस्तै फुलेको छ,
तर पेटमा भोको भातको आवाज बज्दैछ,
करैयाको करङ काँप्दैछ, पसिनाले करङमा किरिरीराउँछ।
त्यही पसिनाले भिजेको पैतालाले
उसको पाइला पखाल्दै,
अघाडि बढाउँदै छ संघर्षको बाटोमा।
साँझमा साँगुरो सडकमा ससाना सपना
सडिरहेछन् उसको मूक मनको साथी बनेर।
रातमा रित्तिएको किताबका पानामा
अनागत रहरका रंगहरू रेखिन थालेका छन्,
गाउँका गल्लीमा गरीबीको गर्जन गुन्जिरहेको छ,
रोग र रित्तोपनाको वायु रिसाइरहेको छ।
फुलमती बिरामी पर्छे,
करैयाले कानकै कसम खाँदै भन्छ,
“सानो सडेको खेत नै सही, केही न केही कमाई हुन्छ,
औषधि ल्याउनै पर्छ।”
र, रातमा रामसागरले भनेको कुरा
फुलमतीको फाटेको मुटुमा फुस्फुसाउँछ,
“पढ्नै पर्छ, पढाइले परिवर्तन ल्याउँछ।”
बाँसघारी अझै पनि बल्किरहेको छ,
तर फुलमतीको फाटेको आँखामा,
भविष्यको फूलझैँ फुकिरहेको आशा देखिन्छ।
गरीबी, घाम, घामिलो गन्ध,
तर पनि उसको जीवन अगाडि बढ्दैछ,
संघर्षको सास फेरिँदै,
नयाँ सूर्योदयको साक्षात्कार गर्दै।
प्रतिक्रिया