राजविराज। प्रहरीको गोली लागी विव्यस अध्यक्ष लालु यादवको मृत्यु भएपछि राजगढ गाउँपालिकास्तरीय संघर्ष समिति गठन भएको छ ।
दिपेन्द्र यादवको संयोजकत्वमा संघर्ष समिति गठन भएको छ । संघर्ष समितिले बुधबार साँझ प्रमुख जिल्ला अधिकारीलाई चार बुँदे माग राखेर ज्ञापन पत्र बुझाएको छ ।
लालुलाई गोली प्रहार गर्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) बिरेन्द्र कुमार यादवलाई निलम्बन गरी कर्तव्य ज्यान मुद्दा दर्ता गर्न र एसपीलाई अबिलम्ब विभागीय कार्वाही गर्न माग ज्ञापनमा गरिएको छ ।
लालु यादवको हत्याको गम्भीर उच्चस्तरीय छानबिन समिति गठन गर्न, यादवलाई शहीद घोषणा गर्दै परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउन र सीमा क्षेत्रमा प्रहरी आतंक बन्द गरी शान्ति सुरक्षाका लागि प्रशासनद्वारा नियमित निगरानी गर्न माग गरिएको छ ।
२४ घण्टाभित्र माग पूरा नभए थप आन्दोलन घोषणा गरिने ज्ञापनमा चेतावनी दिइएको संघर्ष समितिका संयोजक यादवले इग्रीन मधेशसँग बताए ।
नेपालबाट भारततर्फ मदिरा तस्करी भइरहेको भन्दै मंगलबार राति पुगेको प्रहरी टोलीले लालुमाथि गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको थियो ।
प्रहरीले मदिरा नियन्त्रणमा लिन जाँदा स्थानीयले ढुँगामुडा गरेपछि गोली चलाउनुपरेको बताएको छ भने मृतकका परिवारले नियन्त्रणमा लिई गोली चलाएको बताएको छ ।
ज्ञापनपत्र सहित

प्रहरीले चलाएको गोली लागि विद्यालय व्यवस्थापन समिति अध्यक्षको मृत्युु , राजविराज दिनभर तनावग्रस्त
प्रतिक्रिया