बंगलादेशको जनविद्रोह (युद्ध कविता)
तोमनाथ उप्रेती
हिंसाको आँधी चल्यो, झण्डा उचालियो,
विद्यार्थीले संसदलाई नै “सिक्का” देखायो।
परिवर्तनको गीत गाए, तर प्ले—ब्याक भयो,
सिनेमामा भाँडभैलो, पटकथा फेरियो।
जनताको सपना थियो — शान्ति र सहिष्णुता,
तर नाटकको पात्रहरू बने हत्यारा र बलात्कारी।
हिन्दु र महिला, सिँगाडाका फूल,
खेलमा परे—रङ्गमञ्चमा वीर नायक भए बलात्कारीहरूले।
राजनीतिक हिंसा भयो ४७१ पटक,
अंक गणित जस्तो देखियो, तर नतिजा थियो झूठ।
“संसद् भवनमा आगो,” “प्रधानमन्त्री आवासमा धावा,”
हात्तीले नै गाछा नछोडे—राजनीति नै फुस्रो झै।
“लोकतन्त्र?” यो त एउटा गीत मात्र हो,
जहाँ हत्या र डर हर्षध्वनि बजाउँछन्।
सत्ताले अपराध छोप्यो नकचढिएर,
तर सडकमा घाउले नाच्यो, रङ्गीचङ्गी भीडमा।
मीडिया निसाना—८७७ पत्रकारहरू,
मुक्ति खोज्दै तिनीहरू मर्छन् समाचारका पानामा।
“स्वतन्त्रता” भन्यो उद्घोषक, तर यो शब्द हावामा,
केवल नाटकको एउटा कट्टर पात्र हो, जुन छाया मात्र हो।
विद्यार्थी नेता तारिफले भने—
“हामी एउटा देश चाहन्थ्यौं, जहाँ अन्याय नहोस्।”
तर यो देश होइन, रंगमञ्च हो, जहाँ पात्रले बदल्छ भूमिका,
र जनता हेर्छ—हास्दै, रुनुलाई एकै साथ।
अन्तरिम सरकारको “म्याग्नाकार्टा,”
संविधानमा टाँसेको झूठको टुक्रा।
चुनावको आशा छ, तर चुनाव नाटकको अर्को अध्याय,
जहाँ पुराना कुरा फेरि नयाँ थिए।
राजनीतिक रंगमञ्चमा हिंसा छ मुख्य गीत,
अल्पसंख्यक पीडामा छ हास्य र शोकको मिलन।
यस नाटकमा हरेक दिन—खून, आंसु र धुवा,
तर दर्शकहरू झन् झन् चुपचाप बसेका छन्।
बंगलादेशको राजनीति—यो युद्ध हो वा नाटक?
जहाँ सत्ता पाएर सबै पात्र नाच्छन्,
र जनता भन्छ—“कहाँ छ हाम्रो मञ्च?”
अझै पर्खिरहेका छन्—त्यो दिनको,
जब शान्ति र न्याय एउटै पटकथामा लेखिन्छ।
प्रतिक्रिया