सकारात्मक दृष्टिकोणबाट रिस व्यवस्थापन र सामाजिक समृद्धि
तोमनाथ उप्रेती
रिस प्राकृतिक रूपले उत्पन्न हुने र हरेक व्यक्तिले समय समयमा अनुभूत गर्ने एक प्रकारको भावना हो। समय ,परिस्थिति र विचारअनुसार दैनिक रूपमा हाम्रो भावनाहरु विभिन्न किसिम र विभिन्न स्तरमा प्राकृतिक तरिकाले आइरहेका हुन्छन् र यी भावनात्मक अवस्थालाई हाम्रो दिमागले निरन्तर सन्चालन गरीरहेको हुन्छ। तिनै विभिन्न भावनात्मक अवस्थाहरू मध्ये रिस एक हो।
रिस, मानव भावनाको एक प्राकृतिक प्रतिक्रिया हो। यो नकारात्मक शक्ति होइन; सन्तुलित अवस्थामा यो चेतना र सुरक्षाको संकेत पनि हो। तर अत्यधिक वा अनियन्त्रित रिसले मानसिक स्वास्थ्यमा गहिरो चोट पुर्याउँछ र सामाजिक सम्बन्धलाई विनाशको मार्गमा डोर्याउँछ। प्रत्येक व्यक्तिले जीवनमा रिस अनुभव गर्छ। समस्या तब सुरु हुन्छ जब रिसले सोच्ने क्षमता, निर्णय क्षमता र व्यवहारलाई नियन्त्रण गर्न थाल्छ।
मानसिक स्वास्थ्यको दृष्टिले, रिस लगातार मनमा सञ्चित हुँदा तनाव, चिन्ता, डिप्रेसन र आत्मसम्मानमा कमी ल्याउँछ। शरीरमा उच्च रक्तचाप, हृदयसम्बन्धी समस्या, नींद नपर्ने अवस्था र शारीरिक थकान उत्पन्न हुन्छ। रिसले दिमागको प्रि–फ्रन्टल कोर्टेक्सलाई कमजोर बनाउँछ, जसले तर्क र निर्णय क्षमतामा कमी ल्याउँछ। यसको परिणामस्वरूप व्यक्ति सन्तुलन गुमाउँछ र मानसिक रूपमा अस्थिर हुन्छ।
तर दार्शनिक दृष्टिले हेर्दा, रिस विनाशकारी होइन। यो आत्मसुरक्षा, चेतना र परिवर्तनको संकेत पनि हो। जब व्यक्ति आफ्नो रिसलाई बुझ्छ र त्यसको स्रोत पत्ता लगाउँछ, तब रिसलाई सृजनात्मक ऊर्जा र सकारात्मक क्रियामा रूपान्तरण गर्न सकिन्छ। उदाहरणका लागि, कुनै अन्याय वा अपव्यवहारको अनुभवले रिस उत्पन्न गर्न सक्छ। यदि व्यक्तिले त्यस रिसलाई क्रोध वा हिंसामा परिणत नगरी, समाज सुधार र न्यायको अभियानमा लगाउँछ भने, रिस सकारात्मक शक्ति बन्न सक्छ।
सकारात्मक दृष्टिकोणबाट रिस व्यवस्थापन भनेको रिस दबाउनु होइन। यसको अर्थ हो रिसको अभिव्यक्ति र नियन्त्रणमा सन्तुलन कायम गर्नु। यसका लागि केही मानसिक अभ्यासहरू प्रभावकारी हुन्छन्। प्राणायाम, ध्यान, आत्मनिरीक्षण र भावनात्मक चेतना अभ्यासले रिसलाई नियन्त्रणयोग्य बनाउँछ। जब व्यक्ति आफ्ना भावनालाई अवलोकन गर्छ, रिस र आक्रोशलाई व्यक्तिगत स्तरबाट अलग राख्छ, तब मात्र निर्णय स्पष्ट र तर्कसंगत हुन्छ।
सामाजिक दृष्टिले, अनियन्त्रित रिसले सम्बन्धलाई बिगार्छ। परिवार, साथी, सहकर्मी र समुदायसँगको सम्बन्धमा तनाव उत्पन्न हुन्छ। रिसले संवादलाई अवरुद्ध गर्छ, विश्वासलाई कमजोर बनाउँछ र सहयोगको भावना कम गर्छ। तर यदि व्यक्तिले रिसलाई सकारात्मक दृष्टिकोणले व्यवस्थापन गर्छ, तब सम्बन्ध बलियो हुन्छ। सहिष्णुता, समझदारी र सहकार्य बढ्छ। व्यक्तिहरू समस्यालाई समाधानात्मक ढंगले हेर्छन् र समाजमा सामूहिक लाभ सुनिश्चित हुन्छ।
मनोवैज्ञानिक अध्ययनले देखाउँछ कि रिस नियन्त्रण गर्ने क्षमता आत्मनियन्त्रण र भावनात्मक बुद्धिमत्तासँग जोडिएको हुन्छ। जो व्यक्तिहरू आफ्ना भावनालाई बुझ्छन्, सोच विचार गरेर प्रतिक्रिया दिन्छन्, उनीहरू मानसिक रूपमा स्वस्थ र समाजसँग राम्रो सम्बन्ध राख्न सक्षम हुन्छन्। यसले व्यक्तिगत कल्याण मात्र होइन, सामाजिक समृद्धि पनि सुनिश्चित गर्छ।
दार्शनिक दृष्टिले हेर्दा, रिस व्यवस्थापन भनेको आत्म-ज्ञान र चेतनाको अभ्यास हो। बुद्ध, स्वामी विवेकानन्द र अरू दार्शनिकहरूले पनि यही कुरा जोड दिएका छन्। मानिसले बाहिरी घटनामा प्रतिक्रिया जनाउनुअघि आफ्नो मन र भावनामा नियन्त्रण राख्नुपर्छ। यसले आत्म-नियन्त्रण, धैर्यता र सहिष्णुता विकास गर्छ। जब समाजका सदस्यले समान दृष्टिकोण अपनाउँछन्, तब विवाद र द्वन्द्व कम हुन्छ। समुदायमा शान्ति र सामाजिक समृद्धि बढ्छ।
रिस व्यवस्थापनले नेतृत्व र सामाजिक सहभागितामा पनि भूमिका खेल्छ। नेता वा समाजसेवीले अनियन्त्रित रिस देखाउँदा अनुयायीमा असन्तुष्टि र अविश्वास पैदा हुन्छ। तर सकारात्मक दृष्टिकोणले रिस व्यवस्थापन गर्दा उनी प्रेरक र प्रभावशाली बन्छन्। अनुयायीहरू विश्वास गर्न र सहयोग गर्न तयार हुन्छन्। यसले समाजमा नेतृत्व, सहयोग र स्थायित्व सुनिश्चित गर्छ।
रिस एक भावनात्मक प्रतिक्रिया होइन। यसले मानसिक स्वास्थ्य र सामाजिक सम्बन्धमा गहिरो प्रभाव पार्छ। अनियन्त्रित रिसले मानसिक अस्थिरता र सामाजिक विखण्डन ल्याउँछ। तर सकारात्मक दृष्टिकोण, आत्मनिरीक्षण, ध्यान र सहिष्णुताको अभ्यासले रिसलाई सृजनात्मक ऊर्जा र समाधानमुखी क्षमता बनाउँछ। यसले मात्र व्यक्तिगत मानसिक स्वास्थ्य र सामाजिक समृद्धि दुवै सुनिश्चित गर्न सक्छ।
रिस व्यवस्थापन व्यक्तिगत जीवनको मात्र होइन, समाजको दीगो विकासको लागि पनि आधारशिला हो। मानसिक स्थिरता, नैतिकता र सहिष्णुताको अभ्यासले मानिसलाई सशक्त बनाउँछ। जब समुदायका सबै सदस्यले रिस व्यवस्थापन र सकारात्मक दृष्टिकोण अपनाउँछन्, तब समाज स्थिर, सहयोगी र समृद्ध हुन्छ।
रिस एक तीव्र भावना हो जुन प्रायः व्यक्तिको आन्तरिक असन्तोष, निराशा, र असहमति व्यक्त गर्दा उत्पन्न हुन्छ। यो भावना प्रायः बाह्य कारकहरू जस्तै अवहेलना, अन्याय, वा अपेक्षाअनुसारको परिणाम नपाउनु अदिको कारण उत्पन्न हुन्छ । रिसको उत्पत्ति मुख्यत: डरबाट हुन्छ। जब मानिसले आफूलाई खतरा महसुस गर्छ, आफैंलाई बेवास्ता गरिएको वा असमान व्यवहार गरिएको अनुभव गर्छ तब डर उत्पन्न हुन्छ। यो डरले मानिसलाई असुरक्षित र असन्तुष्ट महसुस गराउँछ, जसको परिणाम स्वरूप रिस उत्पन्न हुन सक्छ। रिस डरको प्रतिक्रिया स्वरूप उत्पन्न हुन्छ, जसले व्यक्तिलाई आफ्नो अस्तित्व, स्वाभिमान, वा इज्जतको हानीको सामना गर्दा आक्रोशमा डुबाउँछ। यस स्थितिमा, व्यक्तिले आफ्नो भावना र नियन्त्रण गुमाउँछ र तीव्र नकारात्मक प्रतिक्रियाहरू दिन सक्छ। रिस मानिसको सोच र कार्यमा नकारात्मक प्रभाव पार्न सक्छ, जसले गर्दा तिनीहरूले अपमानजनक, अप्रिय, वा आवेगपूर्ण निर्णयहरू लिन सक्छन्। यद्यपि, रिस एक प्राकृतिक भावना हो, यसलाई नियन्त्रणमा राख्नु अत्यन्त महत्त्वपूर्ण छ ताकि यसले शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव नपारोस्।
जब व्यक्ति आफैंलाई कमजोर, असुरक्षित, वा असमर्थ महसुस गर्छ, तब उनीहरूको मनमा रिस उत्पन्न हुन सक्छ। यस अवस्थामा, व्यक्तिले आफ्नो डर, अपमान वा असफलता मनमा दबाउन नसक्दा रिसको रूप लिन्छ। रिस, जुन एक तीव्र नकारात्मक भावना हो, अक्सर त्यस व्यक्तिका असुरक्षाका संकेतको रूपमा देखा पर्दछ। रिस एक पीडाले भरिएको अवस्था हो, जसले शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। रिसको अवस्था शारीरिक रुपमा पनि प्रकट हुन्छ। जब मानिस रिसाउँछन्, तब शारीरिक प्रतिक्रियाहरू पनि उत्पन्न हुन्छन् जस्तै रक्तचाप बढ्न, हृदयको धड़कन तीव्र हुनु, र शरीरमा तनाव महसुस हुनु। यस अवस्थामा, व्यक्तिको सोच्ने क्षमता र निर्णय क्षमतामा असर पुग्न सक्छ। रिसको प्रभावले तिनीहरूको व्यवहारलाई अप्राकृतिक बनाइदिन्छ र यो समाजमा नकारात्मक प्रभाव पार्छ।
रिसको लगातार प्रदर्शनले व्यक्तिगत जीवनमा अप्ठ्यारो पैदा गर्दैन, बरु यसले परिवारिक र सामाजिक सम्बन्धलाई पनि क्षति पुर्याउन सक्छ। रिस गर्दा, व्यक्तिले आफ्नो अपमान, बेवास्ता, र असफलताको कारणले आक्रोश व्यक्त गर्छ, जसले गर्दा अन्ततः उनीहरूको मानसिक अवस्था अझ कमजोर बनाइन्छ। यसले शारीरिक र मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउन सक्छ, जसले अन्य समस्याहरूलाई जन्म दिन्छ।
शारीरिक स्तरम, क्रोधित हुँदा, हृदयको दर बढ्छ, रक्तचाप बढ्छ। रिस एक नकारात्मक मनोभावना हो। रिसको बाहिरी तथा व्यावहारिक रूप भनेको कसैमाथि हमला वा आक्रमण गर्नु हो। रिस मूलतः एउटै भए पनि यसका अनेकौं रूप छन्। दुख, द्वेष इत्यादि रिसका विभिन्न रूप छन्। रिसको प्रदर्शन तुरुन्त हुन नसकेमा यो दुःख, द्वेषको रूपमा रहिरहन्छ र व्यक्ति मानसिक एवं शारीरिक रूपले रोगी हुन जान्छ। अधिकांश मानिसलाई धेरथोर रिस उठ्छ नै। कमैले मात्र यसको व्यवस्थापन गर्न सक्छन्।
धेरै रिसाउने बानीले मानिस शारीरिक एवं मानसिक रोगबाट पीडित त हुन्छ। पारिवारिक समस्या पनि पर्छ। करियरमा असर पर्छ। बढी रिसाउने मानिसलाई कसैले पनि मन पराउँदैन। पछि गएर ऊ एक्लै हुन जान्छ।रिस लाग्दा मानिसको सोच्ने र बुझ्ने क्षमता हराएर समाजको नजरबाट खसेको हुन्छ। रिसको मुख्य कारण व्यक्तिगत वा सामाजिक घृणा हो।उपेक्षित, घृणित र तल्लो ठानिएका व्यक्तिहरू बढी रिसाउँछन्। किनभने तिनीहरू रिसजस्ता नकारात्मक क्रियाकलापहरू मार्फत समाजलाई आप्mनो अस्तित्व देखाउन चाहन्छन्।आक्रोशको उद्देश्य कुनै व्यक्ति वा समाजबाट मायाको अपेक्षा गर्नु पनि हो।
रिसले मानिसको सोच्ने र बुझ्ने क्षमता हराएर समाजको नजरबाट झर्छ । रिसको मुख्य कारण व्यक्तिगत वा सामाजिक घृणा हो। बेवास्ता, घृणित र घृणित मानिने मानिसहरू झन् रिसाउँछन्।
रिस मानिसको लागि हानिकारक छ।कुनै पनि भावनालाई अत्यधिक रूपमा व्यक्त गर्नु पनि हानिकारक छ । यी भावनाहरू मध्ये एक रिस हो। रिस मानिसको शत्रु हो। प्रायः मानिसहरू, जब तिनीहरू धेरै रिसाउँछन्, तिनीहरूले पछि पछुताउने कुरा बोल्छन् वा गर्छन्। रिसले अक्सर सम्बन्ध बिगार्छ । आमाबाबु आफ्ना छोराछोरीसँग अत्याधिक रिसाउनु, दम्पतीहरू एकअर्कासँग अत्यधिक रिसाउनु वा कार्यालयमा उनीहरूका सहकर्मीहरू एकअर्कासँग अत्यधिक रिसाउनु घातक हुन सक्छ।रिसको कारण पेट पोल्ने समस्या हुन्छ र बढी रिसाउने व्यक्तिलाई ग्यास्ट्रिक, अल्सरसमेत हुन सक्छ। रिसाउँदा शरीरबाट रसायनतŒव (हार्मोन्स) निस्किन्छन्। यी रसायन तत्त्वले मुटुको गतिलाई अनियमित पार्नुको साथै रक्तचापलाई पनि बढाउँछ। अत्यधिक रिसाएको बेला मुटुमा रक्तसञ्चार गर्ने नलीहरू खुम्चने हुँदा हृदयाघात पनि हुन सक्छ।
विभिन्न अनुसन्धानले के देखाएको छ भने धैरे रिस गर्ने व्यक्तिलाई छालासम्बन्धी रोगहरू हुने सम्भावना हुन्छ। रिसलाई दबाउन खोजेमा टाउको दुख्ने, जिउ काम्ने तथा दुख्ने पनि हुन सक्छ।रिसले मानसिक तनाव दिँदा कसैकसैलाई बढी खानुपर्ने हुन्छ भने कसैलाई खानै मन नलाग्ने हुन्छ ।केही रिसाहा प्रवृत्तिका व्यक्तिहरू रिसलाई शान्त पार्न या असन्तुष्टिलाई एकछिन भए पनि बिर्सन रक्सी वा गाँजा, भाङ पिउनतिर लाग्छन्।रिस किन उठ्ने गर्छ, त्यसको मूलकारण पत्ता लगाउनुको सट्टा रिसलाई दबाउने प्रयास गरियो भने रिस आफैंतिर फर्किन्छ। आफूलाई बढी नै व्यस्त भएको देखाउने, अफिसमा अबेरसम्म बस्ने र काम बढी गर्ने प्रयास गर्दछन्।रिसलाई नियन्त्रण गर्न सकेन भने अरूलाई गालीगलौज झगडा र मारपिटमा पनि लाग्न सक्छ ।रिसको कारणले गर्दा उग्र भएको अवस्थामा हाम्रो निर्णय गर्ने क्षमतमा र विवेकमा क्षति पुग्न सक्छ जस्ले गर्दा अव्यवहारिक, तर्कहीन बोली र व्यवहार प्रस्फुटीत हुन सक्छ। रिस उठेको अवस्थामा हामीले प्रभावकारी ढंगले आफ्नो विचार ब्यक्त गर्न अथवा सन्चार गर्न सक्दैनौं जसले गर्दा पारस्परिक सम्बन्धमा नकरात्मक असर पर्न सक्छ।
प्रायः जसो परिस्थिति अनुसार रिस ब्यक्त गर्नु स्वस्थवर्धक प्रतिकृया नै हुन सक्छ। तर बारम्बार अत्यधिक मात्रामा र धेरै समयसम्म रिस उठ्ने, उग्र हुने, रिसको अभिव्यक्ति नियन्त्रण बाहिर जान थाल्यो भने यस्ले हाम्रो मानसिकतामा र शरीरमा प्रतिकूल असर पुर्याउन सक्छ। यसले गम्भीर, विनाशकारी समस्याहरू सिर्जना गर्न सक्छ। काममा, ब्यवहारमा र आपसी सम्बन्धमा प्रतिकूल असर पारी जीवनको स्तरलाई कमजोर पार्न सक्छ।
रिस उठेको बेला म रिसाइरहेको छु भन्ने कुरा मान्न तयार हुने हो भने रिस स्वतः घट्छ। रिसको झोंकमा आँखा देखिन्न भन्ने गरे पनि रिस उठेको बेला आँखा देख्नु नै स्वीकार गर्नु आँखा देख्नु हो। रिस उठेको बेला अंकलाई उल्टो गिन्ती गन्नु उत्तम हुन्छ। यसो गर्दा सोचाइबाट ध्यान अन्यत्र जान्छ र रिसको आवेग कम हुँदै जान्छ। बिस्तारै केहीबेर लामो श्वास तान्नले पनि रिस कम गर्न सकिन्छ। रिस कम भएपछि आफ्नो सबैभन्दा मिल्ने साथीलाई रिस उठेको कारणबारे भन्नु राम्रो हुन्छ, मन हल्का हुन्छ। रिस उठेको बेला आवेगमा आएर कुनै पनि निर्णय लिनु हुँदैन।
दैनिक ध्यान गर्नाले मन र मस्तिष्क शान्त हुन्छ। प्राणायाम, प्रार्थना, पूजापाठ पनि मन लगाएर गर्ने। पूर्णरूपमा मन लगाइएन भने फाइदा गर्दैन। पारिवारिक कलह, मनमुटाव र झगडा हुँदा परिवारका सदस्यहरूले एकअर्काको मन दुखाएका हुन्छन्। गहिरो चोट पु¥याएका हुन सक्छन्। एकले अर्कालाई माफ गर्न सकिएन भने मन दुखाएका कुरालाई सधैं सम्झिने भित्रभित्रै रिसाउने हुन्छन्। माफ गरिदियो भने मन हल्का भएको अनुभव हुन्छ।रिसाएको बेला मौन रहेका वेला रिसमा गलत शब्द प्रयोग गर्नबाट पनि बच्न सकिन्छ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)
प्रतिक्रिया