बोदेबरसाईन । अगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा नहरको पानी मार्फत नियमित सिँचाइको सुनिश्चितता गर्ने उम्मेदवारलाई मात्रै भोट दिने सप्तरीका किसानहरूले बताएका छन्।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर -४ अन्तर्गत पर्ने कोशी पम्प चन्द्र नहर सिँचाइ आयोजना राजबिराज अन्तर्गत रहेको पश्चिम सप्तरीको दक्षिणी भेगका किसानलाई लक्षित गरि निर्माण भएको पम्प नहर जिर्ण भई समयमा पनि नआउने र कहिलेकाहीँ आकलझुकल पानी आएपनि तुरुन्तै नहर बन्द हुने समस्या भोगदै आएका छन् यहाँका किसानहरू ।
यस वर्षपनि कोशी चन्द्र नहर सिंचाइ आयोजना राजविराजले पम्प नहरमा समयमै पानी नछोडदाँ पश्चिम सप्तरीका हजारौँ किसानहरू गहुँ खेतीमा सिँचाइ गर्नबाट बञ्चित भएका छन्।
जनताको मत माग्नुअघि जनताको समस्या समाधान गर्ने नैतिक दायित्व जनप्रतिनिधिहरूको हो । तर यहाँका जनप्रतिनिधिहरू किसानहरूको पीडालाई प्राथमिकतामा नराखी भोट कसरी बटुल्ने सकिन्छ मै बयस्त रहेका छन्।
अहिले गहुँ खेतीको लागि नहरमा पानी छैन, तर कुनै नेताले कसरी किसानको खेतमा पानी आउँछ सो पहलका लागि राजबिराज स्थित रहेका कोशी चन्द्र नहर सिंचाइ आयोजना कार्यालय पुगन नसकने प्रतिनिधिहरू कुन मुखले हामीलाई भोट दिएर सांसद बनाई दिनु भनेर मत माग्दै हिडिरहेकाे विषय मतदाताहरूले उठाउन थालेका छन्।
यता किसान रामनारायण यादव भन्छन्, “नहर हुँदा–हुँदै खेतमा पानी छैन। हरेक चुनावमा आश्वासन मात्रै पाइयो, अब नहरमा नियमित पानी ल्याउनेलाई मात्रै भोट दिन्छौँ।” उनको भनाइ रहेको छ।
यस्तै बोदेबरसाईन नगरपालिका वडा नम्बर-१० खडकपुर गाउँको शाखा नहर झर्नामा परिणत भई स्थानीय कृषकहरूको कृषि योग्य जग्गा निलन थलिएको स्थानीय दिलिप कुमार पण्डितले बताए। नहरमा पानी संगै नहरको संरचना समेत संरक्षण हुनुपर्नेमा पंडितले जोड दिनुभयो। उनलेे स्थानीयतह जनप्रतिनिधि आएको सात वर्ष भयो तर हाम्रो गाउँ कृषि विद्युत्तिकरण समेत नभएको गुनासो गरे।
पंडितका यसपालि समयमा पानी नपर्दा गाउँको अधिकांश खेतीयोग्य जग्गा बाझै रहेको बताए ।
प्रत्येक वर्ष नहरमा समयमै पानी नआउँदा धान, गहुँ, दलहन र तरकारी खेतीमा प्रत्यक्ष असर परेको कृषकहरू बताउँछन्।
बलान बिहुल गाउँपालिकाका वडा नम्बर- ६ कृषक सजन दासका अनुसार, “सिँचाइ बिना खेती सम्भव छैन। यो चुनाव नहरमा पानी ल्याउने जनताको बिचमा सार्वजनिक रूपमा रोडम्याप प्रस्तुत गर्ने उम्मेदवार छान्ने बताए ।
सो नहरको उचित मर्मत–सम्भार नहुँदा र केही स्थानमा नहर क्षेत्र अतिक्रमणसमेत भएकाले सिँचाइ समस्या झन गम्भीर बन्दै गएको किसानहरूको गुनासो छ।
नहरको जग्गा देखासिखिले अतिक्रमण गर्ने होडबाजी नै चलेको स्थानीय कृषकहरू भनाइ रहेका छन्। नहरको जग्गा नितान्त सिंचाइ व्यवस्थापनको लागि प्रयोग हुनुपर्ने हो, नहर जग्गा बनाएको घर लगायत अन्य संरचना अतिक्रमण हटाउनु पर्ने स्थानीय कृषक राजदेव मण्डलको भनाइ रहेको छ।
बोदेबरसाईन नगरपालिका र बलान बिहुल गाउँपालिकामा रहेको कोशी पम्प चन्द्र नहर सिँचाइ आयोजना मुल नहर तथा शाखा नहर र भिसीहरू जीर्ण अवस्थामा रहेका छन्। संगै राजनीति संरक्षण र स्थानीय प्रशासनको उदासीनताले नहरको डिलहरू अतिक्रमण गरि घरहरू बनाएकोले कृषकहरूलाई खेतमा ट्रयाकर लैजान समेत समस्या भई रहेको छ।
यहाँका मतदाताहरूका लागि यसपटकको निर्वाचनमा नहरको पनिले सिँचाइ र नहर अतिक्रमण मुक्त हुनुपर्ने मुख्य चुनावी एजेन्डा बनेको हो।
दीर्घकालीन समाधानसहित नहर पुनःनिर्माण, अतिक्रमण हटाउने र सिंचाइका लागि नियमित पानी आपूर्ति सुनिश्चित गर्ने उम्मेदवाररूको स्थानीय घोषणापत्रमा आउनु पर्ने मांग मतदाताहरूले गरेका छन्।
प्रतिक्रिया