logo
  • २०८२ माघ १३ | Tue, 27 Jan 2026
  • पोखराका उजुरी फर्छ्यौट गर्ने अधिकृत नै घुस रकमसहित पक्राउ

    पोखराका उजुरी फर्छ्यौट गर्ने अधिकृत नै घुस रकमसहित पक्राउ

    काठमाडौं। पोखरा महानगरपालिकाका उजुरी फर्छ्यौट शाखाका अधिकृत कपिल गिरी घुस लिएको आरोपमा पक्राउ परेका छन् । गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले बिहीबार दिउँसो घुस बापतको नगद २५ हजारसहित पोखरा–९ न्युरोडस्थित पोखरा महानगरपालिकाको कार्यालय अगाडिबाट नियन्त्रणमा लिएको हो ।

    नगदसहित रंगेहात पक्राउ परेका गिरी पोखरा महानगरपालिकामा अख्तियारसम्बन्धी उजुरीको जवाफ दिने शाखामा कार्यरत थिए । स्याङ्जाको पुतलीबजार नगरपालिकामा कार्य क्षेत्र रही केहि समयअघि मात्र पोखरा महानगरपालिकामा काज सरुवा भई आएका उनी अख्तियारमा परेको उजुरीबारे प्रश्न सोधेमा महानगरपालिकाका तर्फबाट उनले नै जवाफ लेखेर पठाउने गर्थे ।

    आरोपित गिरीले विभिन्न व्यक्तिको नाममा कृत्रिम उजुरी परेको भन्दै सो उजुरी मिलाउन मोटो रकम चाहिने भन्दै सर्वसाधारणलाई माग्ने गरेका थिए । उनले विहीबारपनि निर्माण सम्पन्न बाटोको विषयमा अख्तियारमा उजुरी परेको भन्दै सो उजुरी मिलाउन एक लाख रुपैयाँ चाहिने भन्दै एक सेवाग्राहीलाई मागेका थिए ।

    तर सेवाग्राहीले रकम घटाउन आग्रह गरेपछि २५ हजारमा सहमति भएको बताइएको छ । सहमति भएअनुसार पैसा लिन कार्यालय अगाडि पुगेका गिरीलाई सेवाग्राहीले रकम दिने वित्तिकै अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

    सुरुमा एक लाख रुपैयाँ मागेको भनेर उजुरी परेपनि पक्राउ गर्दा २५ हजार मात्रै भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयका उपसचिव राकेश पाण्डेले जानकारी दिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ चैत्र ८, शुक्रबार ००:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP