logo
  • २०८२ आश्विन २८ | Tue, 14 Oct 2025
  • छिन्नमस्ता: मालाकार बुवाछोरालाई कुटपिट

    छिन्नमस्ता: मालाकार बुवाछोरालाई कुटपिट

    राजबिराज।सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर–२ मोहनपुरमा केही व्यक्तिले घरमै पसेर मालाकार बुवाछोरालाई कुटपिट गरेको छन्।कुटपिटबाट गम्भीर घाइते भएका ५६ वर्षीय रामसेवक मालाकार र उनका छोरा २४ वर्षीय जयप्रकाश मालाकारलाई थप उपचारको लागि विराटनगर पठाइएको छ ।

    स्थानीय ४८ वर्षीय वैजनाथ मण्डल, उनका छोराहरु २८ वर्षीय दिपेन्द्र मण्डल र २४ वर्षीय भुपेन्द्र मण्डलले मंगलबार घरमै पसेर उनीहरुलाई कुटपिट गर्दै घरेलु हतियार समेत प्रहार गरेका छन् । कुटपिटबाट गम्भीर घाइते भएका मालाकार बुवाछोरालाई मंगलबारै उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याइएको थियो ।

    दुवै जनालाई थप उपचारको लागि नोबेल अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ । यसअघि पनि ज्यानै मार्ने धम्की दिँदै आएका मण्डल बुवाछोराले विहान १० बजेतिर घरमै पसेर कुटपिट गर्दै घरेलु हतयिारले प्रहार गरेको पीडति परविारले बताए ।

    घरेलु हतियार प्रहार गर्दा रामसेवकको टाउको फुटेको छ भने जयप्रकाशको पनि शरीरमा चोट लागेको छ ।

    एसपी ढकेन्द्र खतिवडाले कुटपिट घटनामा संलग्न वैजनाथलाई पक्राउ गरिएको बताए । ‘अन्यको पनि खोजी कार्य भइरहेको छ भने घटनाबारे थप अनुसन्धान अघि बढाएको छ’, उनले भने ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ जेष्ठ २८, बुधबार २१:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP