लोकेन्द्र प्रसाद यादव
बोदेबरसाईन। सप्तरी प्रहरीले राजविराज विमानस्थलबाट ठूलो मात्रामा विदेशी मुद्रासहित सोमबार (भदौ २) एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–११ नन्काकार का ३३ वर्षीय मोहमद खुर्सिद आलम छन् ।
प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार, बुद्ध एयरको विमानमार्फत राजविराजदेखि काठमाडौं यात्रा गर्न लागेका आलमको साथबाट स्रोत नखुलेको साउदी रियाल ३५ हजार ९ सय ७६ रूपैयाँ बरामद गरिएको हो ।
उक्त रकमको वैधता प्रमाणित गर्न नसकेपछि आलमलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । बरामद रकमसहित उनलाई आन्तरिक राजस्व कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको प्रहरी उपरीक्षक केसीले बताए ।
प्रतिक्रिया