बोदेबरसाईन। सप्तरी प्रहरीले दुई जना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ । जिल्लाको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित चन्ही–बेल्ही भित्रि सडक खण्डबाट भरत लाैकहा बजारतर्फ जाँदै गरेका दुई विदेशी महिला र एक भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा परेकामध्ये उज्जवेकिस्तान की ३९ वर्षीया फेरुजा याख्शिमुरातोवा र ३९ वर्षीया शोखिस्ता अकबारोवा रहनु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
शनिबार साँझ करिब ८ बजे प्रहरी चौकी बेल्हीका प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले शङ्का लागेर चेक जाँच गर्ने क्रममा नेपालतर्फबाट भारततर्फ जाँदै गरेको बिआर ०७ एवाई १८७६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो ।
भारत बिहार राज्य मधुबनी जिल्ला ग्रामपञ्चायत लालमनियाँ डुमरवाना बस्ने २० वर्षीय नितिश कुमार बिन्दाले चलाएको मोटरसाइकलको पछाडि सवार रहेकी दुवैजना विदेशी महिलालाई मोटरसाइकल सहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।
प्रतिक्रिया