logo
  • २०८२ आश्विन ६ | Mon, 22 Sep 2025
  • रिलायवल नेपाल लाइफ इन्सुरेन्स द्वारा आठौं वार्षिक उत्सव वृक्षारोपण गरेर मनाइयो।

    रिलायवल नेपाल लाइफ इन्सुरेन्स द्वारा आठौं वार्षिक उत्सव वृक्षारोपण गरेर मनाइयो।

    राजबिराज सप्तरी – रिलायवल नेपाल लाइफ इन्सुरेन्स लिमिटेड सप्तरी शाखाद्वारा वृक्षारोपण गरेर आठौँ वार्षिक उत्सव मनाइयो।

    रिलायवल नेपाल लाइफ इन्सुरेन्स लिमिटेड आज आठ वर्ष पूरा गरेर नौ वर्षमा प्रवेश गरेको छ। रिलायवल लाइफ इन्सुरेन्स कम्पनी आफैमा अब्बल छ। रिलायबल नेपाल लाइफ इन्सुरेन्स नयाँ कम्पनी भएतापनि हरेक कुरामा अगाडि छ , चाहे नाफा आर्जन गर्न, सबभन्दा बढी पोलिसी बेच्न, दाबी बीमा भुक्तानी गर्न, चाहे खेलकुद होस् या अन्य क्रियाकलाप हरेक कुरामा अहिलेको अवस्थामा रिलायबल अबल र सबल देखिन्छ र नेपाली जनताको मन र दिलमा बस्न सफल भएको छ।

    रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेड राजबिराज शाखाद्वारा आठौँ वार्षिक उत्सवको अवसरमा अफिसभित्र अभिकर्ता भेला गरी केक काटेको छ र शम्भुनाथ नगरपालिकाको वडा नम्बर ३ मा अवस्थित शम्भुनाथ मन्दिरको प्राङ्गणमा र सोही ठाउँमा रहेको चिल्ड्रेन पार्कमा सयौ फलफुलको बोटबिरुवा वृक्षारोपण गरेको छ।

    यस वृक्षारोपण कार्यक्रममा भूमि समस्या समाधान आयोगका सदस्य र राजविराज शाखाका वरिष्ठ एजेन्सी म्यानेजर अनवर अलि ,शम्भुनाथ मन्दिरका अध्यक्ष , राजविराज शाखाका शाखा प्रबन्धक पवन शाह, अन्डराइटिङ डिपार्टका बालकृष्ण मण्डल, शाखाका कर्मचारी, सामाजिक अभियान्ता रञ्जना चौधरी, वरिष्ठ एजेन्सी म्यानेजर सन्तोषी चौधरी, एजेन्सी म्यानेजरहरू, अभिकर्ताहरू, समाजसेवी बुद्धिजीवीहरूको बाक्लो उपस्थिति रहेको थियो।

    मधेस प्रदेशमा जलवायु परिवर्तनका कारण समयमा वर्षा नहुनु खेती नहुनु  वनविनाशको कारण निकै प्रभाव परेको छ साथै अहिले कलका पानी समेत सुकिसकेको अवस्था  छ।    त्यसकारण अहिलेको समयमा वृक्षारोपण गर्नु धेरै नै महत्त्वपूर्ण विषय हो र एक युवा चार बिरुवा मूल नाराका साथ कार्यक्रम भव्य रूपले सम्पन्न गरेका थिए र यस शाखाका शाखा प्रबन्धकले शुभकामना र हरेक युवाले चारवटा बिरुवा रोप्न आग्रह  गरेका थिए। ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ भाद्र १५, आईतवार २०:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP