राजविराज। मधेश सरकारको गौरवको आयोजनाको रुपमा रहेका मधेश कृषि विश्वविद्यालय राजविरामा लागेको ताला शनिबार खुलेको छ।
जिल्ला समन्वय समिति, सप्तरीको अगुवाईमा बसेको जिल्लमा क्रियाशिल राजनीति दलको सर्वदलीय, सर्वपक्षीय बैठकले तालाबन्दी खोलेर पठन–पाठन गर्ने आग्रह गरेको थियो । सोही आग्रह बमोजिम प्राध्यापक र कर्मचारीले ताला खोलेका हुन्।
बैठकले प्रचलित कानुन बमोजिम तत्काल आर्थिक कारोबार संचालनको वैकल्पिक वा अस्थायी व्यवस्था गरी तलव, भत्ता उपलब्ध गराउन मधेश प्रदेश सरकारका मुख्यमन्त्री एवं शिक्षा तथा संस्कृति मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साहले जनाएको छ।
काम गरेको तलब ६ महिना देखि नपाएपछि विश्वविद्यालयका प्राध्यापक र कर्मचारीले गत १ फागुनमा विश्वविद्यालयमा तालाबन्दी गरेका थिए ।
प्रतिक्रिया