logo
  • २०८२ चैत्र ३ | Tue, 17 Mar 2026
  • फोनिज सप्तरीको पाँचौ अधिबेशन सम्पन्न, अध्यक्षमा मण्डल

    फोनिज सप्तरीको पाँचौ अधिबेशन सम्पन्न, अध्यक्षमा मण्डल

    लोकेन्द्र प्रसाद यादव

    बोदे बरसाईन। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) सप्तरीको पाँचौ जिल्ला अधिबेशन सम्पन्न भएको छ । अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरीको प्रमुख आतिथ्यमा र फोनिज मधेश प्रदेशका महासचिव बृजमान तामाङ विशिष्ट आतिथ्यमा शनिबार आयोजित एक समारोहका वीच जिल्ला अधिबेशन सम्पन्न भएको हो ।

    सो कार्यक्रमको अध्यक्षता फोनिज सप्तरीका उपाध्यक्ष जितेन्द्र प्रसाद चौधरी थारूले गरेको थियो।


    फोनिज सप्तरीको नवनिर्वाचित पदाधिकारीहरु । तस्बिर : भ्वाइस खबर

    उक्त अधिबेशनले कृष्ण कुमार मण्डल धानुकको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा रामप्रसाद चौधरी थारु, सचिबमा रामनाथ चौधरी थारु, सह-सचिबमा कमल प्रसाद मण्डल धानुक, कोषाध्यक्षमा जयन्ती सिंह दनुवार चयन भएका छन् ।
    यसैगरी समितिको सदस्यहरुमा भद्र कुमारी लामा तामाङ, चन्द्र बहादुर तामाङ, पूर्ण मगर, करुणा राई, रामसेवक मण्डल धानुक, मिलन लेखी थारु, दिपक सिंह दनुवार र सरोज राना मगर रहेका छन् ।

    अधिबेशनले प्रिया सिंह थारु, बृजमान तामाङ र जितेन्द्र कुमार चौधरीलाई प्रदेश प्रतिनिधि र डम्बर राईलाई केन्द्रीय प्रतिनिधि चयन गरेको नवनिर्वाचित उपाध्यक्ष रामप्रसाद चाैधरीले जानकारी दिए ।

    अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित चाँदनी चौकमा आयोजित कार्यक्रममा अतिथिहरूमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिब तुलसी थारु,आदिवासी जनजाति महासंघ सप्तरीका उपाध्यक्ष उपेश कुमार सिंह दनुवार, थारु कल्याण कारिणीसभा सप्तरीका सभापति भुपेन्द्र प्रसाद चौधरी, नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे।
    कार्यक्रममा आएका अतिथिहरूमा स्वागत मन्तव्य पत्रकार कमल प्रसाद मण्डल धानुकले गरेको थियो। भने कार्यक्रम संचालन (फोनिज) सप्तरीका सचिब रामनाथ चौधरीले गर्नुभएको थियो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ फाल्गुन ३, शनिबार १७:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP