प्रविधि र आत्माको संवाद
तोमनाथ उप्रेती
नयाँ यन्त्रहरूले जोड्छन् हामीलाई,
विश्वको कुनामा कसम कसिन्छ डोरी,
बोल्छ मन मेसिनबाट, सन्देशको लहर,
भुलिन्छ मौनताको भाषा, भित्रको चोरी।।
भर्चुअल मित्रताले तातिन्छ संवाद,
तर हृदयको स्पर्श खोइ कतै हरायो,
डिस्प्लेको उज्यालोमा देखिँदैन आँसु,
आत्माको मौन रुवाइ कसले सुनायो?
साइबर आकाशमा उड्छ इच्छाहरू,
लाइक र शेयरको भीडमा हराउँछ सोच,
मौलिक सिर्जनालाई सर्च बटनले निगल्छ,
जिउँदो चेतनालाई पनि गन्थन दिन्छ पोष।।
कन्टेन्टका भीडमा हराउँछ आत्मा,
भाइरलको हुटबाजीतिर दौडिन्छ समय,
जीवनका मौन सपनाहरू थाती रहन्छ,
टिकटोकको हल्लामा हराउँछ क्षणको माया।।
आर्टिफिसियल बुद्धिले सजिलो बनायो यात्रा,
तर आत्माको प्रश्नले खोज्दैछ उत्तर,
यन्त्रको साथी भए पनि, हृदयको होइन,
भित्रको शून्यमा छ सुखको घर।।
कहिले बन्द गर फोनको पर्दा,
खोल आत्मामा मौनताको उज्यालो,
छुन खोज जिन्दगीलाई, आभासी होइन,
मुस्कानको सौन्दर्यमा रमाउँ सधैं साइलो।।
जीवन चल्दैछ प्रविधिको पाइलामा,
तर नबिर्स जीवनको पवित्र आशा,
प्रविधि साधन हो, साध्य होइन,
मानवताको फुलबारीमा फुलो विश्वासको भाषा।।
(रतुवामाई ५, मोरङ)
प्रतिक्रिया