ठेलामा बाँचेको आशा (कथा)
तोमनाथ उप्रेती
आरती बर्मा। बिहान उठ्छिन्। चिया खान्छिन्। पानी पिउँछिन्। सानो झोला लिन्छिन्। हिड्छिन्। ठेलामा पुग्छिन्। सुन्तला मिलाउँछिन्। स्याउ ठिक पार्छिन्। आँपको पात झार्छिन्। चिलले कराउँछ। घाम छरिन्छ। सडकमा मानिस हिड्छन्। बाइक हुइँकिन्छ। बच्चाहरू स्कूल जान्छन्। मन्दिरको घण्टी बज्छ। हावा चल्छ। उनको श्रीमान् पारी उभिन्छन्। ठेलामा फलफूल राख्छन्। उनीहरू आँखा मिलाउँछन्। मुस्कुराउँछन्। फेरि काम गर्छन्। ग्राहक आउँछन्। हेर्छन्। मोल गर्छन्। कहिले लैजान्छन्। कहिले फर्किन्छन्। आरतीको हात चलिरहन्छ। मन शान्त हुन्छ। घामले पोल्छ। पसिना बग्छ। उनी पुछ्छिन्। फेरि मुस्कुराउँछिन्। एक छाक भात सम्झन्छिन्। घर सम्झन्छिन्। छोराछोरी सम्झन्छिन्। साँझको भाडा सम्झन्छिन्। make a
आरती बर्मा बिहान सबेरै उठ्छिन्, चिया खान्छिन्, पानी पिउँछिन्, अनि सानो झोला काँधमा भिरेर हिँड्न थाल्छिन्।
उनी ठेलासम्म पुगेर सुन्तला मिलाउँछिन्, स्याउलाई राम्ररी राख्छिन्, आँपका पातहरू टिपेर झार्छिन्, चिलले मन्दिरको छानामा बसेर कराइरहेको सुन्छिन्, र घाम विस्तारै सडकमा छरिँदै गरेको महसुस गर्छिन्।
सडकमा मानिसहरू हिँडिरहेका हुन्छन्, कसैको हातमा झोला, कसैको हातमा बच्चाको औँला, बाइकहरू हुइँकिरहेका हुन्छन्, बच्चाहरू स्कुलतर्फ हाँस्दै दौडिरहेका हुन्छन्, मन्दिरको घण्टी बजिरहेको हुन्छ र त्यसैबीच हावा चलिरहेको हुन्छ।
सडकको पारीमा उनका श्रीमान् पनि उभिएर ठेलामा फलफूल राख्दै हुन्छन्, कहिले उनीहरू एक अर्कासँग आँखा मिलाउँछन्, मुस्कुराउँछन् र फेरि आ-आफ्नो काममा फर्किन्छन्।
ग्राहकहरू आउँछन्, फलफूल छुन थाल्छन्, मोलतोल गर्छन्, कहिले सामान किन्न तयार हुन्छन्, कहिले अर्काे ठेला हेर्न फर्किन्छन् र कतिले मुस्कुराउँदै सानो झोला थमाउँछन्।
आरतीको हात सधैं चलिरहेको हुन्छ, उनले सुन्तलाको डाँठ काट्छिन्, स्याउमा माटो लागेको पुछ्छिन्, मुस्कान दिँदै ग्राहकलाई फलफूल थमाउँछिन्, र यसैबीच उनको मनमा शान्ति बसिरहेको हुन्छ।
घाम बलिरहेको हुन्छ, पसिनाका थोपा निधारबाट बगेर गालासम्म आइपुग्छन्, उनी कपाल पछाडि सारेर पसिना पुछ्छिन्, सास तान्छिन् र फेरि ग्राहकलाई हेरेर मुस्कुराउँछिन्।
फलफूल बेच्दै गर्दा उनलाई साँझमा पकाउनु पर्ने भात सम्झिन्छ, घरको भाडा सम्झिन्छिन्, छोराछोरीको स्कुल सम्झिन्छिन्, अनि जीवन चलाउनु छ भन्ने दृढता उनको आँखा र हातको
आरती भन्छिन्, “नाफा थाहा छैन।”
श्रीमान् थाहा राख्छन्। उनी बेच्छिन्।
राति सुत्दा गन्ने गर्छिन्। कति सकियो सोच्छिन्। कति बाँकी छ सम्झिन्छिन्।
उनको जीवन सजिलो थिएन। पहिले सिलाइ पसल थियो। बुटवलको गल्लीमा थियो। सिलाइ गर्थिन्। कमाइ हुन्थ्यो।
मानिस आउँथे। कपडा दिन्थे। डिजाइन भन्थे। कहिले गुनासो गर्थे। कहिले झर्किन्थे। तर आरती सहन्थिन्।
“सानो भयो”, “ठूलो भयो”, “राम्रो भएन”। यी कुरा सुनिरहन्थिन्। चुप लाग्थिन्। पुनः सिउँथिन्। फेरि दिन्थिन्।
तर कोरोनाले पसल बन्द गरायो। डर लाग्यो। रोग फैलियो। मान्छे आएनन्। पसल सुनसान भयो।
सटरको भाडा बढ्यो। पैसा सकियो। पसलको चाबी फिर्ता गरिन्। रोइन्। धेरै रोइन्।
पसलको चाबी गयो। सपना गयो। कमाएको पैसाले केही गर्न सकिन। ऋण तिर्न सकिन।
त्यसपछि ठेला ल्याइन्। फलफूल बेच्न थालिन्। बजार पुगिन्। हाट पुगिन्। मन्दिर पुगिन्।
फलफूल सजिलो भयो। कपडा सिलाउनु भन्दा सजिलो। मान्छेहरू मोल गर्छन्। रोज्छन्। लैजान्छन्। नचाहे फर्कन्छन्।
गुनासो आउँदैन। चुपचाप हुन्छ। पैसा आउँछ। धूलो उड्छ। सुन्तला बेचिन्छ। आम बेचिन्छ। स्याउ बेचिन्छ।
मन शान्त हुन्छ। हावा चल्छ। आरती हाँस्छिन्। थाक्छिन्। तर सन्तुष्ट हुन्छिन्।
उनको मनमा सपना छ। सानो छ। “एउटा घडेरी पाउँ”।
गाउँमा भए पनि पाउँ। छोराछोरीसँग बस्न पाउँ। घर बनाउन पाउँ। छानो ओढ्न पाउँ।
साँझमा निद्रा पाउँ। शान्त निद्रा पाउँ। पानी पर्दा चुहिने घर नहोस्। घाम लाग्दा पोल्ने नहोस्।
त्यसैले बचत गर्न थालिन्। थोरै थोरै जम्मा पारिन्। चार वर्षसम्म जम्मा गरिन्। दुई लाख जति भयो। खुशी लाग्यो।
त्यो पैसा सुप्रिम सहकारीमा राखिन्। मान्छे आए। “ब्याज पाइन्छ” भने। आशा देखाए। सपना देखाए।
आरतीले विश्वास गरिन्। पैसा दिइन्। खुसी भइन्। “अब घडेरी किन्छु” सोचिन्। छोराछोरीलाई बताइन्।
तर एक दिन खबर आयो। सहकारी डुब्यो। पैसा गयो। सपना गयो। चार वर्षको पसिना गयो। दुख लाग्यो।
मन चुँडियो। रिस उठ्यो। आँसु आयो। छुपाइन्। छोराछोरी अगाडि बलियो देखिन चाहिन्। तर भित्रभित्रै टुक्रिइन्।
उनले भनिन्, “पैसा नदिएको भए हुन्थ्यो।” पछुताइन्। पिडा भयो। तर समय रोकिएन। बिहान फेरि आयो।
आरती फेरि उठिन्। ठेलामा गइन्। सुन्तला मिलाइन्। जीवन चलाइन्। आँखा बाटोमा राखिन्। मुस्कान देखाइन्।
उनी भन्छिन्, “नेता चिनेकी छैन।”
उनी भोट हाल्छिन्। “कमलको फूल” मा छाप लगाइन्। को थियो थाहा छैन।
राजनीति उनलाई थाहा छैन। नेताहरू उनले चिनेकी छैनन्। तर लोकतन्त्रमा उनी निर्णायक छिन्। उनको भोट निर्णायक छ।
उनी भन्छिन्, “सरकारले एक टुक्रा जमिन दिए हुन्थ्यो।” घर नभएका मान्छेलाई जग्गा दिए हुन्थ्यो। त्यसमा घर बनाउँथे।
आरती आममान्छे हुन्। उनको सपना सानो छ। तर त्यो सपना गहिरो छ। त्यो सपना मुलुकको आशा हो।
उनको पसिना लोकतन्त्रको जरा हो। उनको ठेला लोकतन्त्रको पाठशाला हो।
उनको हातमा सुन्तला मात्रै होइन, आशा पनि छ।
उनको मुस्कान सानो छ। तर शक्तिशाली छ। उनले लोकतन्त्र बुझ्दिनन्। तर लोकतन्त्र उनलाई बुझ्नुपर्छ।
आरती बर्मा सडकको छेउमा ठेलामा उभिएकी छिन्। घाम, हावा, धुलो र पसिनासँगै। आशासँगै। सपनासँगै।
उनको सपना हराएको छ। तर आशा बाँचेको छ।
त्यही आशाले बिहान उठाउँछ।
त्यही आशाले सुन्तला बेचाउँछ।
त्यही आशाले जीवन चलाउँछ।
शहर सुत्छ। बजार सुनसान हुन्छ।
आरती सुत्छिन्। मनमा सपना हुन्छ।
भोलि फेरि ठेलामा जानु छ।
फेरि सुन्तला मिलाउनु छ।
फेरि जीवन जिउनु छ।
प्रतिक्रिया