हिमालयको करुणा र जलवायु परिवर्तन (कविता)
तोमनाथ उप्रेती
हिमालको शिखर छतमा, बर्फको ताज तान्छ,
सदाबहार शान्ति बोकी, प्रकृतिको गान गान्छ।
तापक्रमले हाँसो छिन्यो, नदी मौन बनिन्,
ग्लेसियर पग्लिए, तालले खतरा जनाइन्।
बारी–खेतको पानी घट्यो, किसान चिन्तामा हराइन्,
असिनापात र बाढीले, जीवनको डोरी छिनाइन्।
वन्यजन्तु उच्च पहाडमा, नयाँ बाटो खोज्दै,
माछा र चराचर संकटमा, जीवनको गीत रोक्दै।
सम्हाल्ने हाम्रो हातमा, भविष्यको जिम्मेवारी,
वन, जल र भूमि संरक्षण, यही छ हाम्रो तयारी।
सिंचाइ, वर्षा–जल संकलन, ज्ञान र विज्ञानको साथ,
समुदायको सहभागिता बनोस्, सधैंको विश्वास।
हरेक बोट र पातले, हामीलाई सम्झाउँछ,
प्रकृतिसँग मिलेर चल्नु, जीवनको मार्ग देखाउँछ।
नवीकरणीय ऊर्जा, हरित सोच, साझा प्रयासको शक्ति,
हिमाल र मानव जीवन, दिगो विकासको नीति।
सँगै बनाऔं हामी, भविष्यको उज्यालो बाटो,
जहाँ हिमाल, पानी, जीवन, सबै सुरक्षित र साँचो।
सिर्जना र संरक्षणले मात्र, मानव र प्रकृतिको मेल,
हिमालयको शान्ति, हाम्रो स्वाभिमानको खेल।
प्रतिक्रिया