logo
  • २०८२ पुष २८ | Mon, 12 Jan 2026
  • पाँच हाइकु

    पाँच हाइकु

    पाँच हाइकु

    तोमनाथ उप्रेती

    भूमि पीडित
    न्याय श्वास बनेर
    ढोका ढकढक


    खारेजको छाया
    रिट बनेर उठ्यो
    आशाको सूर्यो


    कागजी फैसला
    माटो रोएको छ अझै
    अन्तिम घण्टी


    सुकुम्बासी आँखामा
    इजलासको कम्पन
    न्यायको पगचाप


    अस्थायी आदेश
    माटोले मुस्कायो
    भोलिको चिन्ता

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ मंसिर १५, सोमबार २०:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP