हाइकु
तोमनाथ उप्रेती
१
मतको आत्मा
सत्ताको छायाँभित्र
हरायो आज
२
सूचीमा नाम
तर विवेक हरायो
मौन छ जनता
३
प्रतिनिधि होइन
प्रतिबिम्ब बने कुर्सी
सत्य बिचलित
४
लोकतन्त्रको
आँगनमा नै आज
नीति रोएछ
५
पैसा मुस्कुरायो
मत पेटी लजाएर
झुक्यो फेरि
६
समानुपातिक
दलको टोकरोभित्र
घोडा मात्रै
७
कुर्सी ठेकेदार
जनता कामदार झैँ
चुपचाप बस्छ
८
फोटोमा हाँसो
नीति बेचेपछि
सत्य रुँदै
प्रतिक्रिया