logo
  • २०८२ पुष २८ | Mon, 12 Jan 2026
  • हाइकु

    हाइकु

    हाइकु

    तोमनाथ उप्रेती

    धर्मको नाममा
    रगत बग्ने आँगनमा
    करुणा मर्छ आज

    देवी होइनन्
    रगतमा तिर्खाएकी
    हामी नै अन्धो

    बोकोका आँखा
    मूक प्रार्थना गर्दैछन्
    मन्दिर रोइरहेछ

    अहिंसाको स्वर
    काटिएको आकाशमा
    मौनको चिच्याहट

    यज्ञको आगो
    शुद्ध मनले नबले
    रगत किन चाहिँ?

    पशु होइन अब
    बलि दिन्छु आफ्नै लोभ
    यही साँचो पूजा

    धूपको गन्धमा
    लुक्छ रगतको कथा
    मन्दिर काँपिरहेछ

    परम्पराको नाम
    चेतनाको हत्या यो
    देवता मौन

    नानीको प्रश्न
    “धर्म यसै मार्नु हो?”
    आमा मौन भइन्

    सूक्ष्म वेद भन्छ
    हिंसा होइन धर्म
    तर हामी बहिरो

    खुकुरी होइन
    प्रेमले नै साँचो पूजा
    देवता हाँसून्

    आजकै युगमा
    रगत माग्ने देवता?
    यो त अन्धकार

    मन्दिरको ढुङ्गा
    फाटेको जस्तो लाग्छ
    हिंसाको चोटले

    बलि दिऊँ आज
    क्रोध, मोह र अहंलाई
    देव प्रसन्न होस्

    दशैंको सन्देश
    करुणा र शान्ति हो
    हिंसा होइन

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ मंसिर १६, मंगलवार २१:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP