बीस हाइकुहरू
ताेमनाथ उप्रेती
१.
उच्च ब्याजको
लोभमा बाँधियो सपना
खाली हात फर्के
२.
चिया पसलमा
आँसु मिसिएको गफ
सहकारी कथा
३.
जन्मदिनको
केकले ढाक्यो ठगी
भित्र विष पोखे
४.
रगत पसिना
बचतमा जमेको
एकैछिन हरायो
५.
विश्वास बेचेर
मोजमस्तीको महल
जनता सडक
६.
अनशन बस्दा
समयले आँखा छोप्यो
न्याय अझै टाढा
७.
कार्यालय ढोका
बिहान–साँझ उस्तै
रित्तो आशा
८.
कानून मौन छ
ठग खुला हिँड्दछन्
पीडित लुकेका
९.
धितो तीन करोड
कर्जा डेढको खेल
घुसको शासन
१०.
ब्याजको अंक
कागजमा सानो
जीवनमा आगो
११.
कालोसूचीमा
पाँच लाख सपना
अँध्यारो भविष्य
१२.
घरजग्गा मौन
सेयर गाडी थाकेका
मन्दीको सास
१३.
हिजो सहकारी
आज बैंकको पालो
पापको लेखाजोखा
१४.
मीटरको सुई
हृदयमा घोपिएको
महँगो सास
१५.
दलाल हाँस्छ
दुवै हात फैलाएर
बीचमा जनता
१६.
२४ घण्टाको
कानूनले खोस्यो
पूरै आकाश
१७.
राजस्व तिर्छ
ऋणी आफैँ रोएर
धितो अरुको
१८.
शक्ति सुतिरहेको
जनताको चिच्याहट
हावामा हरायो
१९.
अतिले खति
शान्ति अब काँपिरहेछ
समय चेतावनी
प्रतिक्रिया