उप्रेतीका दस हाइकुहरू
तोमनाथ उप्रेती
१.
सपनाको देश
रित्तो हात फर्किँदा
आँखा बोल्छन्।
२.
डलरको बाटो
ज्यानै बन्धक बन्यो
दलाल हाँस्छ।
३.
उजुरी मौन
डरले थुनेको स्वर
न्याय टाढा।
४.
विमानस्थलमै
राज्यको सीमा टुंग्यो
घर अँध्यारो।
५.
छिमेकी दलाल
आफ्नै हातले ठगिँदा
विश्वास मर्छ।
६.
तस्कर फरार
पीडित लुकेर बाँच्छ
कानुन सुत्छ।
७.
आँकडामा मान्छे
आँसुमा परिवार
संख्या होइन।
८.
कडा नीति भनिन्छ
तर निगरानी शून्य
किन यस्तो?
९.
ज्यान गुमे बाटोमा
राज्यपछि सम्झिन्छ
ढिलो मलम।
१०.
न्याय देखिँदैन
जहाँ डर शासन गर्छ
राज्य हराउँछ।
प्रतिक्रिया