हाइकुहरू
तोमनाथ उप्रेती
१.
विवेकको दीप
लोभको अन्धकार चिर्दै
सदाचार बन्छ।
२.
साँचो आचरण
शासनको मौन भाषा
जनविश्वास।
३.
सत्ता क्षणभङ्गुर
चरित्र अमर हुन्छ
इतिहास भन्छ।
४.
मन शुद्ध भए
कर्म आफैँ उज्यालो
मार्ग देखाउँछ।
५.
नैतिक सोचले
राष्ट्रको आत्मा जोगाउँछ
सुशासन जन्म।
प्रतिक्रिया