logo
  • २०८२ फाल्गुन ३० | Sat, 14 Mar 2026
  • हाइकुहरू

    हाइकुहरू

    हाइकुहरू

     

    तोमनाथ उप्रेती

    १.
    मतको उज्यालो
    चेतनाको दीपले
    लोकतन्त्र बाँच्यो।

    २.
    सभ्य संवाद
    विचारको प्रतिस्पर्धा
    संस्कारको फूल।

    ३.
    मर्यादित मत
    जनविश्वासको आधार
    शान्त भविष्य।

    ४.
    असहमतिमा
    सम्मानको मुस्कान
    लोकतन्त्र बलियो।

    ५.
    निष्पक्ष निकाय
    पारदर्शी अभ्यास
    विश्वास अंकुर।

    ६.
    धनबल टाढा
    विवेकको मार्गमा
    जनताको जीत।

    ७.
    विविध स्वरमा
    सहिष्णुताको गीत
    राष्ट्र समरस।

    ८.
    परिणाम स्वीकृति
    विनम्रताको शान
    स्थायित्व फुल्छ।

    ९.
    सत्य बहसले
    चेतनालाई जगायो
    संस्कार जागे।

    १०.
    मतदानको दिन
    आशाको प्रभातमा
    लोकतन्त्र हाँस्यो।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ फाल्गुन ३०, शनिबार १७:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP