बोदेबरसाईन। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला अध्यक्ष ताराकान्त चौधरीको नाम निर्वाचन क्षेत्र नं. ३ बाट एकल उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरिएको छ।
चौधरी यसअघि तत्कालीन निर्वाचन क्षेत्र नं. ४ बाट दोस्रो संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए।
प्रतिनिधि सभा निर्वाचन २०७९ मा क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव २६ हजार १ सय ६६ मत ल्याई विजयी भएकाे थियो। निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार ताराकान्त चौधरीले २२ हजार ३ सय मत ल्याएका थिए। ताराकान्त चाैधरी ३ हजार ८ सय ६६ मतान्तरले पराजित भएको थियो।
प्रतिक्रिया