logo
  • २०८२ पुष २९ | Tue, 13 Jan 2026
  • मधेशकै पहिलो साक्षर नगरमा साक्षरतालाई प्रभावकारी बनाउन, औँठा छाप उन्मूलन सम्बन्धि गोष्ठी सम्पन्न

    मधेशकै पहिलो साक्षर नगरमा साक्षरतालाई प्रभावकारी बनाउन, औँठा छाप उन्मूलन सम्बन्धि गोष्ठी सम्पन्न

    लोकेन्द्र प्रसाद यादव
    बोदेबरसाईन। सप्तरीको बोदेबर्साइन नगरपालिकामा औँठा छाप उन्मुलन सम्बन्धि गोष्ठी आईतबार सम्पन्न भएको छ । “साक्षरता तथा जिवनपर्यन्त शिक्षा कार्यक्रम“ अन्तर्गत १५ वर्षदेखी ६० वर्ष उमेर समूहका नागरिकहरुलाई औँठा छापबाट उन्मुलन गर्नका लागि गोष्ठीको आयोजन गरिएको थियो । नागरिकलाई साक्षर बनाउनका लागि सामुदायिक साक्षरता कक्षा संचालन गरि ९५.२४ प्रतिशत साक्षरता पुगेपछि विसं.२०८० साल असार १८ गते मधेश प्रदेशको पहिलो साक्षर नगरपालिका घोषणा गरेको थियो ।

    विभिन्न १३ वटा लक्ष्य राखी नगरपालिकाले सो उमेर समुहका नागरिकलाई साक्षर घोषणा गर्न सकिने व्यवस्था गरेको छ । जस अन्तर्गत राष्ट्रभाषा र मातृभाषाका वर्ण अक्षरको पढाइ र लेखाइ गर्न सकिने, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेखाइ र पढाइ गर्न सकिने, लेनदेनका हिसाब राख्न सकिने र भित्तेपात्रोको तिथि मिति बताउन सकिने लगायतका लक्ष्यहरु रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख रामसागर यादवले बताए ।

    साक्षर नगरपालिका घोषणा भएपनी औंठा छाप प्रयोग हुदौ आएको अवस्थामा औँठा छापको प्रयोगलाई न्यूनीकरण गर्दै हस्ताक्षरलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नगरपालिका कार्यालयका सम्पूर्ण शाखा तथा वडा कार्यालयद्वारा औँठा छाप बन्देज गरि हस्ताक्षर अनिवार्य गर्नुपर्ने, ६० वर्षमुनिका नागरिकहरुले हस्ताक्षर गर्न नसकेको खण्डमा निजको विवरण संकलन गरि शिक्षा युवा तथा खेलकुद शाखामा जानकारी गराउनुपर्ने, साक्षरता सम्बन्धि कक्षा, बैठक, गोष्ठी तथा सहायता कार्यक्रम नगर, वडा, नीजी तथा व्यक्तिगत स्तरबाट संचालनको लागि प्रोत्साहन गर्ने लगायतका नीति लिएको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले बताए ।

    औंठा छाप उन्मुलन गर्नका लागि नगर शिक्षा समितिका संयोजक मेयर आतेश कुमार सिंहको अध्यक्षतामा १७ सदस्यीय समिती गठन गरिएको छ । उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख सिंहले मधेश प्रदेशको पहिलो साक्षर नगरपालिका घोषणा गरि प्रदेशलाई माग्दर्शन दिने कार्य भएपनि व्यवहारमा अहिलेपनि फाटफुट औंठा छाप प्रयोग भई रहेको बताउदौ सोलाई न्युनिकरण गर्न शिक्षा शाखालाई निर्देशन दिनुभयो। साथै हस्ताक्षर गर्न सिकयो, साक्षर भयो भन्ने गलत भास्य सृजना भई रहेको बताउँदै कहाँ हस्ताक्षर गरि रहेका छौ,। सोको समेत जानकारी हुनु पर्ने नगरप्रमुख सिंहले जोडदिनु भयो ।

    नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माको अध्यक्षता तथा नगर प्रमुख आतेस कुमार सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपमेयर रेणु कुमारी साह, शिक्षा शाखा प्रमुख रामसागर यादव, स्रोत व्यक्ति रामसेवक यादव, विभिन्न वडाका वडा अध्यक्षहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षक अभिभावक संघका संयोजकहरु, बाल क्लबका अध्यक्षहरु, प्रहरी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रमको संचालन पत्रकार उमेश साह र भाषाको विज्ञ ओमकान्त पंडितले संयुक्त रुपमा गरेको थियो ।
    नगरपालिकाले साक्षर नगर घोषणा पश्चात साक्षर हुन बाँकी रहेको निरक्षर जनसंख्यालाई सम्पूर्ण सरोकारवलाको सहयोगमा पूर्ण साक्षर नगर घोषणा बनाउनका लागि औंठा छाप उन्मूलनलाई प्रभावकारी रुपमा अगाडी बढाउने ल्यक्ष सहितकार्य भई शिक्षा,युवा तथा खेलकुद शाखाले जनाएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार २३, सोमबार १०:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP