logo
  • २०८२ फाल्गुन २६ | Tue, 10 Mar 2026
  •  हाइकुहरू  

     हाइकुहरू   

     

     हाइकुहरू

     

    तोमनाथ उप्रेती

     

    .
    भावनाको ताप
    विवेकले सम्हाल्दछ
    बुद्धि उज्यालो।

    .
    क्रोधको छायाँ
    सम्वेग बुझ्दा पग्लिन्छ
    मन शान्त हुन्छ।

    .
    सुन्ने कला छ
    आँखाले पनि बुझ्छ
    मौनको भाषा।

    .
    भाव दबाएर
    होइन बुद्धि ठूलो
    बुझेर जितिन्छ।

    .
    आफू चिन्नु
    सबैभन्दा कठिन पाठ
    तर आवश्यक।

    .
    सम्वेग संयम
    नेतृत्वको वास्तविक
    अदृश्य शक्ति।

    .
    सहानुभूति
    तर्कसँग हातेमालो
    सम्बन्ध बलियो।

    .
    बुद्धि मात्र हैन
    हृदयसँग जोडिँदा
    मानव पूर्ण हुन्छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ फाल्गुन २५, सोमबार २०:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP