logo
  • २०८२ चैत्र १९ | Thu, 02 Apr 2026
  •     हाइकुहरू

        हाइकुहरू

        हाइकुहरू

     

    तोमनाथ उप्रेती

    १.
    अहंको कुहिरो
    चेतनाको घाम हरायो
    मन भित्र रात

    २.
    म भन्नु पर्दा
    आत्मा टाढा भाग्दछ
    शून्य बोल्छ चुप

    ३.
    अज्ञान जालो
    विवेकको दीप निभ्यो
    अन्तर अँध्यारो

    ४.
    नम्रता फुल्दा
    अहं आफैँ गल्दछ
    मन शान्त बन्छ

    ५.
    क्रोधको ज्वाला
    अहंको पहिलो छाया
    प्रेमले निभ्छ

    ६.
    सेवा पथमा
    “म” हराउँदै जान्छ
    हामी जन्मिन्छ

    ७.
    धन र पदले
    फुलाउँछ क्षणिक गर्व
    समयले झार्छ

    ८.
    ध्यानको सासमा
    अहं पग्लिन्छ बिस्तारै
    शून्य मुस्कुराउँछ

    ९.
    गल्ती स्विकार
    आत्मबोधको ढोका
    शान्ति प्रवेश

    १०.
    विवेक जागे
    अहंको यात्रा टुंगिन्छ
    निर्वाण नजिक

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ चैत्र १८, बुधबार ०९:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP