राजबिराज । सप्तरीको राजबिराज स्थित जिल्ला समन्वय समितिको सभा हलमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम जिल्ला अधिवेशन पदाधिकारीको विषयमा अबेर रातिसम्म उम्मेदवारहरू बिच सहमति जुटन सकेन ।
पार्टीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य र पार्टीको जिल्ला पदाधिकारीहरूको बैठकले सहमतिमा सर्वसम्मत रूपमा जिल्ला सभापति देखि लिएर सबै पदमा उम्मेदवारीको टुंगो लगाउने गरेको प्रयास विफल भएपछि निर्वाचन प्रकृयामा जाने सहमति भएको हो ।
रास्वपा निर्वाचन समिति सप्तरीका संयोजक बिरेन्द्र मेहताका अधिवेशन अन्तर्गत परेका उम्मेदवारहरू बीच आपसी समझदारी र सहमतीमा निर्वाचन नै गर्ने निर्णय भएकोले भोली मंगलवार विहान ११ बजे देखी निर्वाचन गर्ने निर्णय भएको बताए ।
मेहताका अनुसार अन्तिम मतदाता नमावली प्रकाशन समय विहान ९ बजे र मतदान समय विहान ११ बजे देखी जिल्ला समन्वय समितिको हलमा हुने जनाएको छ ।
प्रतिक्रिया