logo
  • २०८३ जेष्ठ ३० | Sat, 13 Jun 2026
  • हाइकुहरू

    हाइकुहरू

    हाइकुहरू

     

    तोमनाथ उप्रेती

     

    १.

    आत्मा जाग्दछ भित्र
    लोभ क्रोध सबै हराउँछ
    शान्ति झर्दै आउँछ।

    २.

    मन शुद्ध भए पछि
    सत्य उज्यालो बन्छ जीवन
    अन्धकार टुट्छ।

    ३.

    चेतना गहिरिन्छ
    आकाश जस्तै विस्तारित
    अहंकार झर्छ।

    ४.

    करुणा बगिरहेछ
    नदीझैँ निर्मल धारामा
    मानवता फुल्छ।

    ५.

    सत्यको बाटोमा
    पाइला स्थिर हुँदै जान्छन्
    आत्मा मुस्कुराउँछ।

    ६.

    लोभको बादल टुट्छ
    प्रकाश भित्रै चम्किन्छ
    नयाँ बिहान आउँछ।

    ७.

    ध्यानको मौनतामा
    जीवनको अर्थ खुल्छ
    शून्य बोल्दछ।

    ८.

    नैतिक दीप बल्छ
    अँध्यारो समाज हट्छ
    नयाँ युग उठ्छ।

    ९.

    आत्मा शान्त समुद्र
    लहरहरू सम्हालिन्छन्
    समत्व बस्छ।

    १०.

    सहनशील हृदय
    आँधीमा पनि अडिग
    मानवता जीत्छ।

    ११.

    सत्यको वाणीले
    झुट सबै बिलाउँदै जान्छ
    जीवन उज्यालो।

    १२.

    अन्तर आत्माबाट
    विवेकको आवाज उठ्छ
    पथ देखिन्छ।

    १३.

    अहंकार गल्छ
    बुद्धि निर्मल बन्छ
    आत्मा खुल्छ।

    १४.

    प्रेमको वर्षा झर्छ
    पत्थर पनि पग्लन्छ
    जीवन बदलिन्छ।

    १५.

    कर्तव्यको बाटो
    धैर्यसँगै अघि बढ्छ
    सफलता आउँछ।

    १६.

    मनको शुद्ध आकाश
    बादल बिना निलो हुन्छ
    शान्ति फैलिन्छ।

    १७.

    सदाचारको दीप
    समाज उज्यालो बनाउँछ
    अन्धकार हराउँछ।

    १८.

    आत्मबोधको क्षण
    समय थामिएझैँ लाग्छ
    अनन्त खुल्छ।

    १९.

    भित्री आवाज सुने
    जीवन सही दिशा लिन्छ
    सत्य प्रकट हुन्छ।

    २०.

    अध्यात्म र कर्म
    दुवै हात मिलेर चल्छन्
    पूर्णता बन्छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ जेष्ठ ३०, शनिबार ११:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP