logo
  • २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • बीस हाइकुहरू

    बीस हाइकुहरू

    बीस हाइकुहरू

     

    तोमनाथ उप्रेती

     

    १.

    तिम्रो श्वासमा
    मेरो आकाश बस्छ
    अनन्त खुल्छ।

    २.

    न्यानो मरुभूमि
    चुम्बनले बगाउँछ
    नीलो सागर।

    ३.

    तिमीभित्रै
    सातै आकाश फुल्छ
    मन उज्यालो।

    ४.

    विशादमाथि
    हल्का वायु बग्छ
    शान्ति पलाउँछ।

    ५.

    एक निश्वासले
    दूरीहरू गलाउँछ
    म तिमी हुन्छु।

    ६.

    चुम्बनभित्र
    समय पग्लिरहेको
    अनन्त जाग्छ।

    ७.

    छातीको ताप
    मरुभूमि हरियाली
    प्रेमको वर्षा।

    ८.

    सागर बन्छ
    दुई आत्माको मौन
    एकै लहर।

    ९.

    तिम्रो आँखामा
    ब्रह्माण्ड झिलिमिली
    मेरो यात्रा।

    १०.

    निरव रातमा
    तिम्रो श्वासको लय
    चन्द्र मुस्कायो।

    ११.

    अनन्त बाटो
    तिम्रो स्पर्शले भेट्यो
    घरको उज्यालो।

    १२.

    प्रेमको धूलो
    मरुभूमि सुगन्धित
    मन हरियायो।

    १३.

    सात आकाश
    तिम्रो मुटुमा अट्यो
    मेरो प्रार्थना।

    १४.

    मौन चुम्बन
    ब्रह्माण्डको स्पन्दन
    एकै धड्कन।

    १५.

    तिमीभित्रै
    म आफैँलाई भेटें
    पूर्ण ब्रह्माण्ड।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ भाद्र ५, शुक्रबार ०८:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP