logo
  • २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • हाइकुहरू

    हाइकुहरू

    हाइकुहरू

     

    तोमनाथ उप्रेती

     

    १.
    अज्ञानको राज
    अहंकार सम्राट् बन्यो
    सत्य निर्वासित।

    २.
    भ्रमको दरबार
    विवेक शृङ्खलाबद्ध
    मौन न्यायालय।

    ३.
    आफ्नै छायाँलाई
    सूर्य ठान्ने चेतना
    अन्धकार हाँस्छ।

    ४.
    महल उचाल्यो
    बालुवामाथि अहंकार
    पहिलो वर्षा।

    ५.
    “म नै सर्वस्व”
    यही वाक्यको विषले
    आत्मा जल्यो।

    ६.
    ज्ञान झुकिरह्यो
    घमण्ड उभिरह्यो
    रुख चिनियो।

    ७.
    पूर्वाग्रहको
    झ्यालबाट हेर्दा सत्य
    सधैँ शत्रु।

    ८.
    शास्त्र पढियो
    आफू पढिएन कहिल्यै
    अविद्या बाँकी।

    ९.
    रावणभित्रै
    आज पनि जीवित छ
    दर्पको अग्नि।

    १०.
    दुर्योधन हाँस्छ
    जब विवेक हार्छ
    मनको कुरुक्षेत्र।

    ११.
    मन्दिर भरियो
    हृदय भने रित्तियो
    अहंकार पूज्य।

    १२.
    मोहको इँटा
    दम्भको चुना पोतेर
    महल ठडियो।

    १३.
    सत्यको किरण
    छिर्यो एकै झ्यालबाट
    महल भत्कियो।

    १४.
    ज्ञानको सागर
    एक थोपा नचाखी
    सम्राट् घोषणा।

    १५.
    क्रोधको ज्वाला
    अहंकारको इन्धन
    राख भयो मन।

    १६.
    फलले झुक्यो
    खाली हाँगो चिच्यायो
    वनले बुझ्यो।

    १७.
    मौन बुद्धभित्र
    “म” हरायो एकदिन
    शान्ति जन्मियो।

    १८.
    अविद्याको रात
    विनम्रता प्रभात
    आत्मा उज्यालो।

    १९.
    अहंकार चढ्यो
    सिंहासन अज्ञानको
    पतन पर्खँदै।

    २०.
    महल होइन
    सत्यको खुला आकाश
    त्यही मुक्ति हो।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ भाद्र ९, मंगलवार २०:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP