logo
  • २०८३ कार्तिक ५ | Wed, 21 Oct 2026
  • हाइकुहरू

    हाइकुहरू

    हाइकुहरू

     

    तोमनाथ उप्रेती

     

    १.
    हरियो बीउ
    भविष्यको प्रतिज्ञा
    पृथ्वी हाँस्यो।

    २.
    हरित लगानी
    भोलिको सुरक्षित श्वास
    जीवन फुल्यो।

    ३.
    वनको श्वास
    धरतीको अमूल्य धन
    जोगाऔँ सबै।

    ४.
    हरियो बाटो
    समृद्धिको नयाँ मूल
    आशा पलायो।

    ५.
    कार्बन घट्यो
    आकाश फेरि हाँस्यो
    हावा मुस्कायो।

    ६.
    हरित सपना
    नदीसँगै बगिरह्यो
    जीवन हरियो।

    ७.
    वित्त बद्लियो
    सभ्यताको सोच पनि
    भोलि उज्यालो।

    ८.
    स्वच्छ ऊर्जा
    सूर्यले लेख्यो गीत
    धरती जागी।

    ९.
    हिमाल रोयो
    मानव चेत जागो अब
    हिउँ जोगाऔँ।

    १०.
    रुखको छाया
    भोलिको अमूल्य धन
    जीवन अडियो।

    ११.
    हरित शपथ
    प्रकृतिसँग सम्झौता
    समय माग्छ।

    १२.
    नदी बग्छिन्
    लोभ किन थामिँदैन
    सोच बदल।

    १३.
    धर्ती माता
    हरियो काख बोल्छ
    सन्तान सुन।

    १४.
    बीउ रोप्दा नै
    भोलिको वन उम्रन्छ
    आशा हरियो।

    १५.
    हरित बन्ड
    विश्वासको पूँजी हो
    भविष्य फुल्यो।

    १६.
    नीलो आकाश
    हरियो अर्थयात्रा
    शान्ति फक्रियो।

    १७.
    लोभ घटाऊ
    प्रकृतिलाई अँगाल
    भोलि बचाऊ।

    १८.
    जलवायु घाउ
    हरित कर्म औषधि
    जीवन बच्यो।

    १९.
    हरियो वित्त
    समृद्धिको मौन बीउ
    युग मुस्कायो।

    २०.
    आजको निर्णय
    भोलिको पृथ्वी हाँस्छ
    हरित विजय।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ आश्विन १०, शनिबार २१:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP