रामशंकर भण्डारी
राजबिराज।सप्तरीको बोदे बरसाईन नगरपालिकामा मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन समितिद्धारा बुधबार धर्मशालामा नगर समिति गठन गरेको हो।
नव गठित मिटर ब्याज विरुद्ध नगर संघर्ष समितिको संयोजकमा दिलीप यादवलाई चयन गर्दै २५ सदस्य कार्यसमिति गठन गरेको छ।उपाध्यक्षमा प्रयाग लाल दास,सचिव अरबिन्द्र कुमार सिंह,सह सचिव शितल यादव, कोषाध्यक्ष कागती यादव, सदस्यहरुमा हरेराम साह,श्रीलाल मण्डल,मो. तैयव अली, शिव कुमार मण्डल, मजेवुल रहमान, वालेश्वर साह लगायत रहेका छन्।
गरिब किसानलाई फर्जी तमसुक खारेज गर्न, मिटरब्याजी साहुले अवैधरुपमा कब्जा गरेका सम्पती फिर्ता गराउन संघ गर्ने जनाइएको छ।
प्रतिक्रिया