logo
  • २०८२ फाल्गुन ५ | Tue, 17 Feb 2026
  • भारतबाट कपडा चोरी पैठारी गरी भन्सार छली गरि,सात करोड रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा मुद्दा दायर

    भारतबाट कपडा चोरी पैठारी गरी भन्सार छली गरि,सात करोड रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा मुद्दा दायर

    इटहरी।राजस्व चुहावट गरेको आरोपमा पक्राउ परेका एक जनाविरुद्ध राजस्व अनुसन्धान कार्यालय इटहरीले ७ करोड २९ लाख २३ हजार रुपैयाँ मागदाबी गर्दै मुद्दा दायर गरेको छ।

    झापाको भद्रपुरस्थित कृष्ण स्टोरका सञ्चालक सोनु कानुउपर भारतीय कपडा चोरी पैठारी गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकर चुहावट गरेको कसुरमा राजस्व अनुसन्धान कार्यालय इटहरीले अभियोगपत्र दार गरेको हो ।

    राजस्व अनुसन्धान कार्यालय इटहरीबाट २०८० असोज ७ गते राजस्व चुहावट गरेको सूचनाका आधारमा उक्त स्टोरका सञ्चालकले राजस्व चुहावट गरेको पाइएको भेटेको थियो ।

    कानुलाई कार्यालयले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ को खण्ड (छ १) को उपखण्ड (क), (ख) र (ङ) बमोजिम उक्त रकम बिगो कायम गरी शतप्रतिशत जरिवाना माग गर्दै उच्च अदालत विराटनगर अस्थायी इजलास इलाममा बिहीबार मुद्दा दायर गरेको हो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ फाल्गुन ८, बिहीबार २१:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP