logo
  • २०८२ फाल्गुन २९ | Fri, 13 Mar 2026
  • इबेलावाट नर्सको मृत्यु भएपछि युगान्डामा फेरि फैलियो आतंक

    इबेलावाट नर्सको मृत्यु भएपछि युगान्डामा फेरि फैलियो आतंक

    काठमाडाैं। युगान्डाको राजधानी कम्पालामा एक नर्सको इबोलाका कारण मृत्यु भएको छ। स्वास्थ्य अधिकारीका अनुसार सन् २०२३ मा अन्तिम प्रकोप समाप्त भएयता पहिलो पटक यस्तो मृत्यु रेकर्ड गरिएको हो।

    स्वास्थ्य मन्त्रालयका स्थायी सचिव डायना एटवाइनले पत्रकारहरूलाई भनिन कि ३२ वर्षीय पुरुष नर्स कम्पालाको मुख्य रेफरल सुविधा मुलागो अस्पतालका कर्मचारी थिए।

    ज्वरो आएपछि ती बिरामीलाई युगान्डाका धेरै स्थानहरूमा उपचार गरिएको थियो भने धेरै प्रयोगशाला परीक्षणहरूले उनी इबोलाबाट पीडित भएको पुष्टि छ। बिरामीको बुधबार मृत्यु भएको र पोस्टमार्टम परीक्षण पछि इबोला पुष्टि भएको इटविनले बताइन्।

    स्वास्थ्य अधिकारीहरूले यसअघि स्थितिको पूर्ण नियन्त्रणमा लिएका जनाएका थिए तर थप एकको मृत्यु भए पछि अहिले सुरक्षा सतर्कता बढाइएको छ। इबोला, जो संक्रमित व्यक्तिको शारीरिक तरल पदार्थ वा दूषित पदार्थको सम्पर्कबाट फैलिन्छ। र, घातक हेमोरेजिक ज्वरोको रूपमा प्रकट हुने गर्दछ । यसका लक्षणहरूमा ज्वरो, बान्ता, पखाला, मांसपेशी दुखाइ र कहिलेकाहीँ आन्तरिक र बाह्य रक्तस्रावसमेत हुने गर्दछ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर न्युज डेस्क    
  • २०८१ माघ १९, शनिबार २०:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP