logo
  • २०८२ कार्तिक २८ | Fri, 14 Nov 2025
  • कंचनरुपः विद्यालयको रकम हिनामिना गरेको अभियोगमा प्रधानाध्यापकलाई १८ महिना कैद

    कंचनरुपः विद्यालयको रकम हिनामिना गरेको अभियोगमा प्रधानाध्यापकलाई १८ महिना कैद

    काठमाडौं।सप्तरीको कंचनरुप नगरपालिका वडा नम्बर—१२ रुपनगर स्थित रहेका शंकर माध्यमिक विद्यालयको रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतले तत्कालीन प्रधानाध्यापक दिलीपकुमार गुप्तालाई १८ महिना कैदको फैसला गरेको छ।

    सोही मुद्दाका प्रतिवादी तथा उक्त विद्यालयका मुखिया श्रवणकुमार चौधरी र शिक्षक हृदयराम चौधरीलाई भने सफाइ दिइएको छ। विशेषका अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो।

    गुप्ताले शौचालय निर्माणमा ६२ हजार रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको भेटिएको थियो। साथै, पिसिएफ अनुदानबापतको शिक्षकको तलब एक लाख ५० हजार रुपैयाँभन्दा बढी आफैँले अनियमितता गरी राखेको पुष्टि भएको छ। विशेषका अनुसार छात्रवृत्तिबापतको तीन लाख १० हजार रुपैयाँ पनि उनले नै हिनामिना गरेका छन्।

    विशेषका अनुसार पाठ्यपुस्तकबापतको एक लाख २६ हजार रुपैयाँभन्दा बढी रकमको बिल भरपाई भेटिएको छैन भने भएको पनि नक्कली रहेको पुष्टि भएको छ। यसरी गुप्ताले झन्डै साढे ६ लाख रुपैयाँ भ्रष्टाचार गरेको भेटिएको हो। यी सबै कारोबार हुँदा गुप्ता नै प्रधानाध्यापक थिए।

    यसै समयमा विद्यालयको खाताबाट ४८ लाख ३२ हजार रुपैयाँ निकालिएको र पछि फेरि विद्यालयको खातामा राखिएको भेटिएको थियो। यी सबैमा गुप्ताको बदनियत देखिएको भन्दै उनलाई सजाय सुनाइएको हो। बिगो रकम उनीबाट असुलउपरसमेत हुने भएको छ।

    आर्थिक वर्ष ०७१ देखि ०७४ सम्मका घटनामा गुप्ता दोषी पाइएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष १५ असोजमा मुद्दा दायर गरेको थियो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ माघ २४, बिहीबार १५:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP