बोदे बरसाईन।सप्तरी प्रहरीले बोदेबर्साइन नगपालिका वडा नम्बर- १० खडकपुरबाट भारततर्फबाट आउदैँ गरेका पैदल यात्रीलाई लागू औषधसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बोदेबर्साईनबाट प्रहरी सहायक निरीक्षक दिपेन्द्र पासवानको कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्दै जादाँ पैदल यात्री जिल्ला सप्तरी डाक्नेश्वरी नगरपालिका वडा- ९ का २० बर्षीय प्रकाश चौधरीलाई शंकालागि रोकी चेकजाँच गर्दा चाैधरीको खल्तीबाट नाट्रेजेपम टेबलेट पिस, सपामो प्रोसयोभिन पल्स टेबलेट, १२ पिस, ओस्कल ट्याब्लेट५ पिस गरी जम्मा ८७ पिस र डिलेस २ बोतल लागू औषध बराबरद गरेको जिल्ला प्रहरी सप्तरीका प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत जानकारी दिनुभयो।
लागू औषधसहित प्रकाश चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको सप्तरी प्रहरीको भनाइ रहेको छ।
प्रतिक्रिया