logo
  • २०८२ चैत्र २८ | Sat, 11 Apr 2026
  • नागार्जुनका नगरप्रमुख विरुद्ध आठ करोड ७० लाख गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा

    नागार्जुनका नगरप्रमुख विरुद्ध आठ करोड ७० लाख गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा

    काठमाडौं।काठमाडौंको नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतविरुद्ध करिब आठ करोड ७० लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर भएको छ।

    अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले आइतबार उनीविरुद्ध गैरकानुनी आर्जनको भ्रष्टाचार मुद्दा दायर गरेको हो। एक महिनाअघि मात्र अख्तियारले उनीविरुद्ध गैरकानुनी आर्जन र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो।

    यो उनीविरुद्धको तेस्राे मुद्दा हो। नगरप्रमुख पदमा राष्ट्रसेवकको रुपमा सार्वजनिक पद धारण गरेका प्रतिवादी मोहनबहादुर बस्नेतले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको दावी छ।

    बिगो जफत प्रयोजनका लागि अख्तियारले उनकी पत्नी उर्मिला बस्नेतलाई पनि प्रतिवादी कायम गरेको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ माघ २७, आईतवार १६:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP